एन्फा कास्कीमा उज्ज्वल

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७९
ANFA Kaski Photo

पोखरा । कास्की जिल्ला फुटबल संघ अध्यक्षमा उज्ज्वल रञ्जित निर्वाचित भएका छन् । बुधबार भएको संघको सातौं अधिवेशनमा निकटतम् प्रतिस्पर्धी विनोद गुरुङलाई पराजित गर्दै रञ्जित अध्यक्ष बनेका हुन् ।

नेतृत्वका लागि उज्लसहित विनोद गुरुङ र नवीन पुनको उम्मेदवारी परेकोमा पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । कुल २२ मध्येमध्ये रञ्जितले ९, गुरुङले ७ र पुनले ५ मत ल्याएका थिए । १ मत बदर भएको थियो ।

एन्फा विधानअनुरुप पहिलो चरणमा कसैको पनि ५० प्रतिशत बढी नभएपछि रञ्जित र गुरुङबीच पुनः मतदान भएको थियो । जसमा निर्वाचित रञ्जितले १४ र गुरुङले ७ मत पाए । १ मत बदर भयो ।

अन्य पदमा सर्वसम्मत् चुनिएको हो । उपाध्यक्षमा जगतबहादुर थापा, नरप्रसाद गुरुङ र सुरेन गुरुङ सर्वसम्मत भए । उपाध्यक्षमा उम्मेदवारी दिएका विष्णुकुमार गुरुङ र खेमराज बरालले फिर्ता लिएपनि सर्वसम्मत बाटो खुलेको हो ।

सदस्यमा सुनिल गायक, शोभा बानियाँ, राजेश त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेश गुरुङ, हितमान गुरुङ, विकास गुरुङ, सुविन श्रेष्ठ, ओम गुरुङ र टंकप्रसाद गुरुङ सर्वसम्मत भएको निर्वाचन अधिकृत केशवराज बरालले जानकारी दिए ।

एन्फा कास्कीमा सहारा क्लब, फूलबारी क्लब, शीतलज्योति क्लब, लालीगुराँस क्लब, एबिसी क्लब, विष्णु पादुका, हेमजा युनाइटेड, लेकसाइड युवा क्लब, युनाइटेड क्लब, भदौरे क्लब, एपेक्स क्लब, श्री सत्य युवा क्लब, संगम युवा क्लब, नयाँगाउँ युवा क्लब, भ्याली युवा क्लब, ड्यामसाइड युवा क्लब, आदर्श युवा क्लब, रामघाट युवा क्लब, डेभिडफल्स युवा क्लब, नवआदर्श युवा क्लब, इन्द्रेणी युवा क्लब, गार्डेन युवा क्लब छन् । हरेक क्लबका १ प्रतिनिधिलाई मताधिकार थियो । एन्फाको केन्द्रीय निर्वाचन असार ६ मा हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width