गीतकार तीर्थको एकल गीतवाचन हुने

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७८
titha

पोखरा । गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन पोखरामा हुने भएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा आगामी चैत ५ गते शनिबार दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा हुने गीत वाचनमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले सहकार्य गर्ने भएको छ ।
कवि तथा संस्कृतिकर्मीका रूपमा परिचित श्रेष्ठकोे ‘मेरै हिमाल जस्तो’ गीतसंग्रह प्रकाशित छ । उनका आमा…, मेरै हिमालजस्तो…, हिउँमा लेखिएका नाउँहरू…, पाइला पाइला काँडा टेकें… लगायत गीतहरू चर्चित छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य सचिवसमेत रहेका श्रेष्ठका तीर्थ श्रेष्ठका कविताहरू, पाइलाका निबहरूले, जिन्दगीको कुरुक्षेत्रबाट, महाभारतको गीत, जिन्दगीको गोधूलीमा, धर्सैधर्साको चक्रव्यूहलगायत कृतिहरू प्रकाशित छन् । कार्यक्रममा गीतकार श्रेष्ठले करिब २ दर्जन गीत वाचन गरेर सुनाउने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै