पोखरा । कवि अमृतको कविताकृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानले आयोजना गरेको समारोहमा साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरे ।
कार्यक्रममा सरुभक्तले कविता लेखनमा कविले स्वतन्त्र उडान गर्न पाउनुपर्ने बताए । कविता स्वयंमा शालीन र कोमल हुने भएकाले कवितालाई कित्ताकाट गर्न नहुने कुरामा उहाँको विशेष जोड थियो । कविलाई सीमामा बाँध्नु उचित नहुने उल्लेख गर्दै उनले कविता पढ्ने मन त्यति सुन्दर हुनुपर्छ जति भीरमा फुलेको फूल हेर्ने आँखा सुन्दर चाहिन्छ । नेपाली कवितामा अमृतको उपस्थिति निकै भरोसालाग्दो बनेर उभिएको बताउँदै उनका कवितामा जीवन र समाजको सुन्दर प्रतिबिम्ब आएको बताए ।
संस्कृतिकर्मी कवि तीर्थ श्रेष्ठले सूत्रात्मक अभिव्यक्तिमा कविता बुन्न कवि अमृतले कुशलता देखाएको बताए । कविता आफैंमा छोटो अभिव्यक्ति भएकाले यसलाई अनावश्यक शब्दको बोझ बोकाउनु उचित नहुने कुरामा उनले विशेष जोड दिए । कवि सरस्वती श्रेष्ठ ‘सरू’ले कवि अमृत पछिल्लो समय निकै क्षमतावान् बनेर उदाएकोमा आफूलाई खुसी मिलेको बताइन् ।
कृतिको समीक्षा गर्दै समीक्षक सञ्जीव पौडेलले कविता संग्रहमा कवि अस्तित्ववादी, विसङ्गतिवादी, प्रकृतिप्रेमी, देशभक्तिको भावना प्रमुख रूपमा मुखरित भएको बताए । उनले बहुविषयमा आधारित रहेर कोमल अभिव्यक्ति दिने कार्यमा कवि अमृत संग्रहमा सफल रहेको सुनाए । कवितामा कोमलता हराउँदै गएको वर्तमान अवस्थामा अमृतले त्यसलाई फेरि जगाउने कार्य गरेको भन्दै उनका कवितामा दार्शनिकता प्रमुख विशेषता बनेर उपस्थित भएको कुरा व्यक्त गरे । कृतिले कोमल, शिक्षित र बौद्धिक पाठकको अपेक्षा गर्नेसमेत बताए । अमृतका कवितामा सहरीकरणको रुखोपन, आमाको महानता, राजनीतिक विकृतिमाथिको शालीन विद्रोह, वैदेशिक रोजगारका व्यथा आदि विषय र स्वर प्रमुख रूपमा अभिव्यक्त भएको बताए ।
समारोहमा कवि अमृतले आफ्ना कविताका रचना गर्भ र जीवनका अनुभूतिहरू सुनाए । कार्यक्रममा कवि ईश्वरमणि अधिकारी, दीपक समीप, चन्द्रवीर तुम्बापो, मीना श्रेष्ठ, मोहन भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१