गोपाल खनालको ‘सम्झनाका लहरहरु’

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८
gopal khanal book.~

खरा । युवा सर्जक गोपाल खनालको गजल कृति सम्झनाका लहरहरुको लोकार्पण शनिबार सम्पन्न छ । पोखराको न्युरोड स्थित हिमालयन रिडर्स कर्नसको सभाहलमा संस्कृतिकर्मी, कवि तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरेका हुन् ।
गजल सन्ध्या पोखराको १२ औं अधिवेशन, १७ औं साधारण सभासँगै नियमित रचना वाचनको २२४ औं शृंखलाको अवसरमा आयोजित कार्यक्रम सन्ध्याका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको थियो ।
तीर्थ श्रेष्ठले खनालको नवीनतम कृति लोकार्पण गर्दै गजलका नाममा रचना लेख्दैमा जो कोही गजलकार हुन नसक्ने धारणा राखे । ‘कतिले त गजललाई साहित्यको विधा नै नमान्ने र गजल लेख्नेलाई साहित्यकार नै नमान्ने अवस्था थियो’ गजल लेखनको अनुभव सुनाउँदै श्रेष्ठले भने, ‘गजलकारहरूकै कारण गजल आज स्थापित विधा बनेको छ ।’
तारकेश्वर गाउँपालिका–१ दाङसिङ, नुवाकोटका स्थायी बासिन्दा खनाल पोखरामा रहेर साहित्य साधना गरिरहेका युवा सर्जक हुन् । पत्रकारिता र शिक्षणमा समेत लागेका उनको यस कृतिमा १०१ गजल समेटिएका छन् । खनालले आफ्नो दशकदेखिको कृति प्रकाशन गर्ने धोको पूरा भएकोमा खुसी व्यक्त गरे । सम्झनाका लहरहरु कृति गजल सन्ध्या पोखराको प्रकाशन र रमण पौडेलको सहप्रकाशनमा बजारमा आएको हो ।
गजल सन्ध्याका उपाध्यक्ष वसन्त विनोदले स्वागत मन्तव्य राखेको कार्यक्रममा सन्ध्याका संस्थापक अध्यक्ष दीलिप दोषी, गजलकार प्रकट पंगेनी ‘शिव’, पूर्व अध्यक्षहरू दीपक समीप, रुपीन्द्र प्रभावी, मन क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width