नयाँदिल्ली । भारतको दिल्ली सरकारले शुक्रबार कोभिड–१९ सँग सम्बन्धित सबै नियन्त्रणका लागि अपनाइएका प्रायः प्रतिबन्धको अन्त्य गर्ने घोषणा गरेको छ ।
कोभिड–१९ संक्रमण दरमा कमी आएपछि दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले उक्त निर्णय लिएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उक्त निर्णयबारे सामाजिक सञ्जालमार्फत् कोभिड नियन्त्रणका लागि सामाजिक दूरी कायमलगायतका प्रायःसबै प्रतिबन्धलाई हटाइएको बताएका हुन् ।
उनले भने, ‘प्रतिबन्धले नागरिकले रोजगारी गुमाउनुपरेको र यसका कारण कठिन दैनिकीको सामना गरिरहेका छन् । स्थिति सुध्रिएसँगै डीडीएमएले सबै प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।’ अप्रिल १ देखि दिल्लीमा सबै विद्यालयले विद्यालयमा भौतिकरूपमा उपस्थित भएर अध्ययन गर्नसक्ने उनले बताए ।
मास्क नलगाएकोमा जरिवाना गर्ने निर्णयलाई पनि बिस्तारै हटाउने तयारी गरेको बताइएको छ । मुख्यमन्त्री केजरीवालले भने, ‘डीडीएमएले मास्क नलगाउँनेलाई गरिने जरिवानालाई पनि घटाएर ५ सय रुपैयाँमा सिमित गरेको छ । सबैले कोभिड–१९ वृद्धि नियन्त्रणका लागि स्वतस्फूर्त उचित व्यवहारलाई निरन्तरता दिनुपर्ने छ । सरकारले अवस्थाबारे कडा निगरानी राख्नेछ । ’
दिल्लीमा रातिको निषेधाज्ञा सोमबारबाट अन्त्य हुने बताइएको छ । राती घर जाने समय बितेपछि पसल, रेस्टुराँ र व्यापारिक प्रतिष्ठान राती अबेरसम्म खुला रहन सक्नेछन् ।
कोभिडजन्य संक्रमणमा कमीपछि भारतको सङ्घीय सरकारले राज्यलाई सामाजिक, खेलकुद, मनोरञ्जन, शैक्षिक र धार्मिक कार्यक्रमका लागि कोभिड–१९ नियन्त्रणसम्बन्धी नियमलाई अन्त्य गर्ने विचार गर्न आग्रह गरेको थियो ।
साथै उनीहरूको क्षेत्रमा स्थितिअनुसार रातको निषेधाज्ञा घन्टा पनि विचार गर्न आग्रह गरेको थियो । बिहीबार दिल्लीमा ५ सय ५६ नयाँ कोभिड–१९ संक्रमित भेटिएको थियो । संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक तथ्यांकमा देशभर पछिल्लो २४ घण्टामा १३ हजार १ सय ६६ नयाँ संक्रमित भेटिएको र ३ सय २ संक्रमितको मृत्यु भएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
अयोध्यास्थित मन्दिरमा मूर्ति अनावरण
आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण
आइएनएफ नेपाललाई १ लाख युरोसहित अवार्ड
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१