पोखरा । आसन्न १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) र कुमुदिनी होम्स माविले थप पुरस्कार राशिको घोषणा गरेका छन् ।
पोखरा १४ स्थित एनटिएचएमसीले पोखरा म्याराथनअन्तर्गत हुने १० किमी महिलातर्फको पुरस्कार राशी २० हजार र पोखरा ४ स्थित कुमुदिनीले छात्रातर्फको प्रथम पुरस्कारको राशी १२ हजार प्रदान गर्ने घोषणा गरेका हुन् । एक दिन अघिमात्रै पुरुषतर्फको प्रथम र छात्रतर्फको प्रथम पुरस्कार घोषणा गरेका २ शिक्षण संस्थाले पुन महिला र छात्रातर्फको नगद पुरस्कार राशीसमेत प्रदान गर्ने भएको नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
पोखरा म्याराथन आयोजक संस्थाका नेपाल भूतपूर्व खेलाडी मञ्चका सल्लाहकार तथा नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका अध्यक्षसमेत रहेका समाजसेवी अशोक पालिखेले पोखरा म्याराथनमा २ शिक्षण संस्था जोडिनु गर्वको विषय रहेको बताए । ‘हिजो हामीले पुरुषतर्फको मात्रै पुरस्कार राशी घोषणा गरेका थियौं,’ उनले भने,‘छात्रा र महिलाहरुलाई समेत खेलकुदमा आकर्षण बढाउन हामीले यी २ पुरस्कार राशीलाई समेत प्राथमिकता दिएका हौं ।’
दुवै शिक्षण संस्थाले पुरस्कार राशीमा ६४ हजार नगद सहयोग गर्ने भएको अध्यक्ष पराजुलीले जनाउँदै सहयोगी शिक्षण संस्थाप्रति आभार व्यक्त गर्दै भने, ‘पोखरा म्याराथनमा धेरै संघ संस्था र व्यावसायिक प्रतिष्ठानहरु जोडिन आउनुभएको छ,’ उनले थपे,‘अब पोखरा म्याराथन मञ्चको मात्रै भएको छैन सबै पोखरेलीहरुले हाम्रो हो भन्ने कुरालाई गर्वका साथ ग्रहण गर्नुभएको छ ।’ उनले पोखरा म्याराथनका सहयोगी मनहरुलाई आभार व्यक्त गर्दै फागुन ७ गते हुने खुला म्याराथन र महिलातर्फको हाफ म्याराथन सफल बनाउन आग्रह समेत गरे ।
Related News
सम्बन्धित समाचार
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
पोखरा अन्तर्राष्ट्रिय म्याराथन: ह्विलचेयर दौडमा गौली र कुमाल प्रथम
कोल्मामा भएको क्रसकन्ट्री दौडको उपाधि आर्मीका तामाङ्लाई
रामजीलाई लेखनाथ हाफ म्याराथनको उपाधि
अन्नपूर्ण म्याराथन उपाधि हुम्लाका धीरबहादुर र गणनालाई
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१