पोखरा । बृहत् कम्पनीको रिब्रान्डिङबाट गुज्रिएको केही सातापछि नेपालको अग्रणी अनलाइन बजार दराजले २०२२ को पहिलो अभियान–सेलिब्रेट लभ घोषणा गरेको छ । यो अभियान माघ २१ बाट सुरु हुनेछ भने यस अभियानका मुख्य आकर्षण ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत (अधिकतम ७५०) सम्मको छुट, ५ हहारसम्मको मेगा भाउचर, ५० हजार मूल्यको सामान केवल १ रुपैयाँमा जित्ने मौका छ । यद्यपि, अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ विजेताले १ लाख २२ हजार मूल्य श्री बालाजीको हिराको झुम्का र औंठी जित्न मौका पाउनेछन् ।
अभियान अवधिमा ग्राहकले एपल, रियलमि, बियर्डो, रोटो, ए एन एक्स, वाइल्डहर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेशन, विक्की स्टेसनर्स, कडेंस, एक्स एज, ह्यमुन्ड्स फ्लाईक्याचर, प्याजाइटालिया र थप अरु प्रमुख ब्रान्डको उत्पादनमा ६० प्रतिशतसम्मको मेगा डिलहरू प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, कुन उपहार छनौट गर्ने भन्ने बारे निश्चित नभएका ग्राहकले ‘हयान्ड पिक्ड गिफ्ट्स’ मार्फत सजिलैसँग उत्तम उपहार पाउन सक्नेछन्।
यस अभियानले ग्राहकलाई विभिन्न बैंक कार्ड प्रिपेमेन्टमार्फत थप छुट प्राप्त गर्ने अवसर पनि प्रदान गर्दछ । सो अभियानमा लोकप्रिय खेल १ रुपैयाँट ग्राहकले १ रुपैयाँमा विभिन्न योजनामा कुनै १ पुरस्कार जित्नको लागि भाग लिन सक्नेछन् । दराज प्रयोगकर्तालाई सेलमा भव्य मनोरन्जन र धेरै उपहार जित्ने अवसर प्रदान गर्न माल्भिका सुब्बाका साथै अन्य चर्चित सेलिब्रेटी साथ दराजले माघ २३ मा दराज एपमा गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१