अन्नपूर्ण र माछापुच्छ्रेमा नेराशि संगठनको अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
march to local machha

पोखरा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ । सांगठनिक सुदृढीकण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको विशेष अभियानअन्तर्गत कार्यक्रम गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समिति सदस्य उमनाथ गौतमले कार्यक्रम उद्घाटन गरे । उनले शिक्षक सबैभन्दा पहिले आफ्नो कार्यक्षेत्रमा अब्बल हुनुपर्ने बताउँदै कर्तव्य पूरा गरेपछि मात्र अधिकारको कुरा आउने बताए ।
कार्यक्रमका मुख्य प्रशिक्षक नेराशिसंगठन कास्कीका सहसचिव तथा माछापुच्छ्रे गापाका इन्चार्ज जुना थापाले नेपाल राष्ट्रिय शिक्षक संगठनको इतिहास, संगठनको

आवश्यकता, शिक्षक आन्दोलनका उपलब्धि, संगठन विस्तार र सुदृढीकरणका चुनौती र रणनीति, पोखरामा गर्न लागिएको दरबन्दी मिलानलगायत विषयमा प्रशिक्षण दिइन् ।
नेराशिसं माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष जित क्षेत्रीले गरेका थिए ।

यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको विशेष अभियानअन्तर्गत अन्नपूर्ण गाउँपालिका समिति, कास्कीको आयोजनामा मार्च टु लोकल लेभल कार्यक्रम सम्पन्न भएको छ । सांगठनिक सुदृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय पालिकाहरुमा अभिमुखीकरण गरिएको हो ।

यसैबीच २०८० सालको शिक्षक सेवा आयोगको परीक्षाबाट सफलता प्राप्त गरी अन्नपूर्ण गाउँपालिकामा पदस्थापन भएका शिक्षकहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका कोषाध्यक्ष एवं अन्नपूर्ण इन्चार्ज माधव पाहारीले शिक्षकहरू कक्षाकोठामा अब्बल र समुदायमा अनुकरणीय हुनुपर्ने बताए । कार्यक्रममा कास्की जिल्ला समितिका सचिवालय सदस्य तोरणबहादुर केसी, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बाबुराम भुजेललगायतले बोलेका थिए ।

संगठन अन्नपूर्ण गापाका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पालिका उपाध्यक्ष इन्दकुमारी गुरुङ र सञ्चालन सचिव कीर्तिराज ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width