राष्ट्रिय सभा सदस्यमध्ये आगमी फागुन २० गते १९ जना सदस्यको पदावधि समाप्त हुँदैछ । पदावधि समाप्त हुनेमध्ये १८ जना निर्वाचनद्वारा र १ जना मनोनीतबाट पदपूर्ति गरिने प्रावधान भएकोले बुधबार १८ जनाको लागि निर्वाचन सम्पन्न भयो । निर्वाचनमा सत्तारुढ गठबन्धन पक्षधरहरुले उम्मेदवार छनोटमा तालमेल गरेका थिए भने प्रमुख प्रतिपक्षमा रहेका एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको थियो । तालमेलको परिणाम गठबन्धनको पक्षमा १८ जनाले विजय हासिल गरेका छन् भने एमालेबाट १ जना निर्वाचित भए । एमाले पराजित हुने निश्चय थियो तापनि त्यसले सबै सिटमा उम्मेदवारी खडा गरेको थियो । यो चुनावले एमालेलाई ठूलो धक्का दिएको छ । कुनै बेला त्यो पार्टीको झण्डै दुइतिहाइ बहुमत थियो भने अहिले साधारण बहुमतमा झरेको छ ।
एमालेले प्रतिनिधिसभा भंग गर्न खोज्दा धेरै नोक्सानी ब्येहोर्नु परेकोछ । त्यसले केन्द्रीय सरकार गुमाउनु प¥यो भने प्रदेश सरकारबाट पनि बाहिरिनु पर्यो । एकपछि अर्काे घटनाक्रमले उसलाई कमजोर पार्दैछ । स्थिति उसको प्रतिकूलको बन्दै गएको छ । यो चुनावले एमालेलाई धक्का दिए पनि राष्ट्रिय सभामा अझै एमालेकै बहुमत छ । राष्ट्रिय सभामा संरचनात्मक किसिमले हेरौं भने एमाले १६, माओवादी १५, कांग्रेस १० एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, जनमोर्चा १, स्वतन्त्र १, मनोनीत २ र मनोनीत हुन कुन बाँकी १ छ । अध्यक्षले कुनै प्रस्तावमा बराबर मत खसेमा निर्णायक मत दिन सक्छन् ।
सामान्य हिसाबले राष्ट्रिय सभाको त्यत्ति महत्व मानिंदैन । त्यसरी महत्व नमान्नेले यो चुनावलाई पनि त्यत्ति महत्व नदिएको हुन सक्छ । तर यो चुनावले धेरैलाई धेरै कुरा बताएको छ । मान्नु नमान्नु, सम्झनु नसम्झनु आफ्नो कुरा हो । यो चुनावमा सरकारमा सामेल पार्टीहरुले गठबन्धन गरेको र गठबन्धन या चुनावी तालमेल गरिएकोले एमालेलाई नराम्ररी हराएको सर्वविदित छ । यो तालमेलले आगामी गाउँ सभा, नगर सभा लगायतका चुनावमा पनि तालमेल सम्भावना देख्नेहरु छन् । तर त्यसरी सम्भावना देख्नेहरुलाई यो चुनावमा भएको फ्लोर क्रसका घटनाले सजग र सतर्क पारेको छ । नेताहरु माथिमाथि मिल्दैमा हुँदैन भन्ने कुराको बलियो संकेत त्यसले देखाएको छ । सत्ता गठबन्धनकाहरुले फ्लोर क्रस नगरेको भए एमालेले १ सिट पनि जित्न सक्ने थिएन । त्यत्तिमात्र होइन, गठबन्धनका उम्मेदवारले आशाअपेक्षा गरेको संख्यामा मत पाएनन् । सोच्यो भने यो गम्भीर कुरा हो । अर्काेतिर यो चुनावमा एमालले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको किन होला भन्नेहरुलाई प्रशस्त जवाफ दिएको छ । तिनीहरुको गठबन्धनले अहिले ठोस परिणाम ल्याउन नसके पनि आगामी चुनावका लागि यो गठबन्धन अर्थपूर्ण छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेस विरोधीका रुपमा जे जसरी देखाउन खोजिएको छ, त्यसमा यो गठबन्धनले प्रभावकारी भूमिका खेल्न सक्ने अनुमान गरिएको छ । ती सबै घटनाक्रमलाई कसले कसरी लिन्छन् र घटनाक्रम के कसरी विकसित हुन्छन्, त्यो अहिले भन्न सकिने कुरा होइन तर यो चुनावको घटनाले धेरै कुरा बताएको छ, यो निश्चय हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१