पोखरा। मुनाल बचत तथा ऋण सहकारी संस्था, पोखरा स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । सहकारीले वार्षिकोत्सव अवसरमा मंगलबार पामेस्थित सिद्धवराह तपोवन सन्यास आश्रमका बटुक विद्यार्थीको लागि ४० हजार बराबरको १८ थान सिरक, बेड कभर लगायत सामग्री सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा आश्रमका पीठाधीश निषेशानन्द महाराजले सहयोगी मनलाई धन्यवाद दिंदै मुनाल सहकारीको यो सहयोगले बटुक विद्यार्थीले न्यानो माया तथा स्नेह प्राप्त भएको भन्दै प्रशंसा गरे ।
संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं तथा पूर्व अध्यक्ष तथा सल्लाहकार मेघनाथ काफ्लेले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै सामाजिक कार्यक्रलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने बताए ।
वार्षिकोत्सव विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको सहकारीले यस वर्ष सिद्धबराह तपोवन सन्यास आश्रमका विद्यार्थीको लागि आवश्यक न्यानो सिरक वितरण गरेको हो । सहयोगबाट विद्यार्थीलाई थोरै भए पनि राहत हुने संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य सुदर्शन न्हुच्छे प्रधान, डीलकुमारी पौडेल, सन्तोषकुमार घिमिरे, कालिप्रसाद मैनाली, व्यवस्थापक अम्बरबहादुर थापा र डम्बरकुमारी श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रम संचालन सचिव नारायणबहादुर थापाले गरेका थिए । कास्की जिल्लाभर कार्यक्षेत्र रहेका सहकारीले पोखराको नयाँबजारस्थित आफ्नै भवनबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१