हेमजा । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित माछापुच्छे« माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।
कार्यक्रममा प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्षहरु भरतजंग कुँवर, चूडामणि अधिकारी र चन्द्रबहादुर गुरुङ, गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलराम भुगाईं, पूर्व प्रअ रामचन्द्र सुवेदी, पुथ्वीनारायण माविका सहायक क्याम्पस प्रमुख यादवराज अधिकारी, सहायक प्राध्यापक डा. गिरिधारी दाहाल, धारापानी माविका पूर्व प्रअ कृष्णबहादुर कुँवर, वर्तमान प्रअ महेन्द्रबहादुर कुँवर, गणेशमान गुरुङ, विद्यार्थी प्रतिनिधि मोनिका देवकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष राजु पौडेल, पीताम्बर भण्डारी, पुण्यप्रसाद पौडेल, जगन्नाथ अधिकारी, धारापानी माविका अध्यक्ष कमला केसीलगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रमबीच विद्यालयको वार्षिक प्रगति प्रतिवेदनसहित आर्थिक प्रतिवेदन प्रधानाध्यापक घनश्याम पौडेलले प्रस्तुत गरे । त्यस्तै वार्षिक शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कारका साथै विभिन्न छात्रवृत्ति प्रदान गरिएको थियो ।
वर्ष शिक्षकका रुपमा शालिकराम अधिकारी र गणेशबहादुर भुजेल, वर्ष अभिभावकको रुपमा लक्ष्मी देवकोटा र वर्ष विद्यार्थीको रुपमा सुमन विक सम्मानित भएका छन् । समारोहमा विद्यार्थीले एकल, युगल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
विव्यस अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ कृष्णप्रसाद अधिकारीले स्वागत तथा शिक्षक शालिकराम अधिकारीले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१