नवलपुर । गत असोज महिनामा भएको हत्याकाण्डमा एक निजी स्कुलका सञ्चालक मुख्य योजनाकार भएको खुलेको छ । घटनामा संलग्न अन्य ३ जनालाई भने प्रहरीले ६ महिनापछि पक्राउ गरे पनि उनी भने फरार छन् ।
पश्चिम नवलपरासी प्रतापपुर–३, पिडरहनीका ४० वर्षीय गोविन्द धोवीको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्तको बयान आधारमा मुख्य योजनाकार बर्दघाट नगरपालिकाको मझौनीस्थित न्यु ड्रिम एकेडेमी स्कुलका सञ्चालक मुन्ना कहाँर रहेको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । उनी फरार छन् । मृतक गोविन्दका छोरा सोही स्कुल पढ्थे ।
सामान्य व्यवसाय गर्ने गोविन्दसँग रकम भएकोले अपहरण गरी फिरौती रकम असुल गर्ने मुन्नाको योजनामा हत्या गरिएको प्रहरीले जनाएको छ । हत्याको घटनामा संलग्न भई पक्राउ पर्नेमा रामग्राम–२, दुर्गा टोलका २६ वर्षीय सुदीपकुमार केवट, सुस्ता–१ वनदेवीका ३५ वर्षीय वीरबहादुर राजभर र बर्दघाट मझौनीका सुरेन्द्र कहाँर छन् । सुरेन्द्र र मुन्ना कहाँर बाबु छोरा हुन् ।
हत्याको योजनासहित मुन्नाले बोलाएपछि भारतीय नम्बर प्लेटको आफ्नै गाडी चढेर गोविन्द एक नास्ता पसलमा पुगेका थिए । उक्त नास्ता पसल हत्यामा संलग्न वीरबहादुरको हो । मादक पदार्थबाट मातेका सबै गाडीमा चढेर हिडेको र बाटोमा गोविन्दलाई गाडीभित्री घाँटीमा गम्छाले बाँधेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्यापछि शव नारायणी नदीको ठोकर नं ६ मा लगेर फालेको अभियुक्तले प्रहरी समक्षको बयानमा बताएका छन् ।
६ महिनाअघि नदीमा फालिएको शव प्रहरीले गोताखोर लगाएर खोजतलास गरेको थियो । तर शव फेला पर्न नसके पनि हत्या स्वीकारेकाले उनीहरुमाथि कर्तव्य ज्यानमा मुद्दा चलाइएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।
प्रमाण नष्ट गर्ने मनसायले अभियुक्तहरुले उक्त गाडी सुनवल नगरपालिकाको फरौलीस्थित कच्ची सडकमा जलाएर छाडेका थिए । ‘फिंगर प्रिन्ट आधारमा पक्राउ पर्ने डरले गाडीलाई जलाएको बयान दिएका छन्,’ प्रहरी उपरीक्षक यादवले भने ।
अभियुक्तहरुले डेढ करोड रुपैयाँ फिरौती रकम माग्ने सोच साथ उनलाई अपहरण गरेको र पछि पहिचान खुल्ने डरले हत्या गरेको साविती बयान दिएको प्रहरीले जनाएको छ । रुपन्देहीकी एक महिलासँग भएको मोबाइलको कल डिटेल आधारमा अभियुक्तलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१