गण्डकीका अनलाइनलाई निशुल्क इन्टरनेट

आदर्श समाज सम्वाददाता
पौष ६, २०७८
worldlink 3

सहमतिपत्र आदानप्रदान गर्दै कमल सुवेदी र हेम गुरुङ।

पोखरा । अनलाइन पत्रकार संघ, गण्डकीमा आबद्ध अनलाइन पोर्टललाई वल्र्डलिंकले निशुल्क इन्टरनेट जडान सुविधा प्रदान गरेको छ । सो सम्बन्धमा संघका अध्यक्ष कमल सुवेदी र वल्र्ड लिंकतर्फ गण्डकीका क्षेत्रीय बजार अधिकृत हेम गुरुङबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार संघ गण्डकीमा आबद्ध अनलाइन पोर्टललाई वल्र्ड लिंकले ५ वर्षसम्म निशुल्क इन्टरनेट सुविधा दिने र सोवापत संघले वल्र्ड लिंकको प्रचारात्मक सामग्री प्रकाशन गर्नुपर्ने छ।

कार्यक्रममा वल्र्ड लिंकका हेम गुरुङले मिडियासँग साझेदारी गर्दै आगामी कार्यक्रम तय गरिने जानकारी बताए । उनले पोखरालगायत गण्डकी प्रदेशभित्र दर्ता भएका अनलाइन पोर्टललाई वल्र्ड लिंकले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने बताए।

संघका अध्यक्ष कमल सुवेदीले पहिलो चरणमा पोखराबाट सञ्चालित ३० अनलाइन पोर्टलले सो सुविधा पाउने बताए । संघका सचिव सन्तोष बस्यालले संघले आगामी दिनमा प्रदेशका जिल्ला–जिल्लामा शाखा बिस्तार गर्दै जाने र संघमा आबद्ध अनलाइन पोर्टलको वल्र्ड लिंकको समन्वयमा सो सुविधा दिंदै जाने बताए । हाल सो सम्झौता स्पेक्स फोर्टिनको समन्वयमा गरिएको हो । स्पेक्स फोर्टिनले पोखराकेन्द्रित रहेर विज्ञापन कारोबार लगायत इभेन्ट म्यानेजमेन्ट गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width