नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बर्खेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत वर्षभन्दा यस वर्ष धान खेती भएको क्षेत्रफल ९० हेक्टरले घटेको भए पनि उत्पादन १ हजार ३ सय ७४ मेट्रिक टनले वृद्धि भएको जानकारी दिए । लामिछानेका अनुसार यस वर्ष जिल्लामा २० हजार ५ सय ८० हेक्टरमा लगाएको धानखेतीबाट ८२ हजार ९ सय ४४ मेट्रिक टन उत्पादन भएको हो । गत वर्ष २० हजार ६ सय ७० हेक्टरमा लगाइएको धानखेतीबाट ८१ हजार ५ सय ७० मेट्रिक टन फलेको थियो ।
‘नवलपुरमा गत वर्ष तुलनामा यसपालि धानखेती भएको क्षेत्रफल घटेको छ तर जमिनको उत्पादकत्व भने बढेको देखियो,’ उनले भने, ‘धान लगाउने बेलामा समयमै पानी पर्नु, प्रांगारिक मलको प्रवद्र्धन हुनु, माटोको गुणमा सुधार आउनुलगायत कारणले यस वर्ष जिल्लामा धानको उत्पादन बढेको हो ।’ जिल्लाको धान खेती गरिएको कुल क्षेत्रफलमध्ये ५५ प्रतिशत जग्गा सिंचाइ सुविधा उपलब्ध भएको लामिछानेको भनाइ छ । जिल्लामा कुलो, बोरिङ, ट्युबेललगायतबाट धानखेतीमा सिंचाइ हुने गरेको उनले बताए ।
जिल्लामा बढेको प्लटिङ, तरकारी खेतीतर्फ किसानको आकर्षणजस्ता कारणले धान खेतीको क्षेत्रफलमा कमी आएको प्रमुख लामिछानेले बताए । ‘यहाँका किसान पछिल्लो समय व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित छन्,’ उनले भने, ‘बढ्दो सहरीकरणसँगै बजार क्षेत्रका खेतीयोग्य जमिनमा प्लटिङ हुन थालेपछि पनि धान लगाउने क्षेत्रफल घटेको हो ।’ ज्ञान केन्द्रले व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई विभिन्न अनुदान प्रदान गर्दै आएका कारण पनि यहाँका कृषक धान उत्पादन छोडेर तरकारी खेतीतर्फ आकर्षित हुन लागेका लामिछानेले बताए ।
यहाँका किसान पछिल्लो समय व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित छन्
मुख्यगरी जिल्लाको दक्षिणी भागमा धान खेती हुने गरेको केन्द्रले जनाएको छ । ‘जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैंडाकोटका दक्षिणी भागहरुमा धानखेती राम्रो हुने गरेको छ,’ प्रमुख लामिछानेले भने, ‘पहाडी क्षेत्र बुलिङटारमा पनि धानको उत्पादन राम्रो छ ।’ नवलपुर धानमा आत्मनिर्भर भएको उल्लेख गर्दै उनले खपत भएर यहाँ बढी भएको धान अन्य जिल्लामा निर्यात गर्ने गरेको बताए ।
नवलपुरमा सावित्री, सावा मन्सुलीसहित वर्णशंकर जातका धान उत्पादन हुने गरेको छ । ‘यहाँ किसानले बढी लगाउने धान भनेको सावित्री र सावा मन्सुली नै हो,’ प्रमुख लामिछानेले भने, ‘केही किसानले वर्णशंकर जातका धान लगाउन थालेका छन्, रैथाने धानको खेती भने बिस्तारै हराउँदै गएको छ ।’ जिल्लाको कुल खेतीयोग्य जमिन ४९ हजार ७ सय ४७ हेक्टर रहेको छ । कुल खेतीयोग्य क्षेत्रफलको करिब ३१ प्रतिशत जमिनमा मात्रै धान खेती हुँदै आएको प्रमुख लामिछानेले बताए । ‘यहाँ खेतीयोग्य जमिन धेरै भए पनि सबैमा धान खेती हुन सकेको छैन,’ उनले भने, ‘धानबाहेक यहाँ मकै, व्यावसायिक तरकारी, कोदो, केरालगायत खेती हुने गरेका छन् ।’
जिल्लामा धान खेती बिस्तारका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको प्रमुख लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले धान खेती गर्ने किसानका लागि अनुदानमा बीउँ, मल, सिंचाइलगायत सुविधा प्रदान गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१