दुर्गम गाउँमा फोरजी, गाउँले हर्षित

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७८
4g

बागलुङ । मोबाइल कुराकानी त यस क्षेत्रका नागरिकले १० वर्ष पहिलेदेखि नै सुविधा पाएका छन् तर विकसित प्रविधिको पहुँच नहुँदा इन्टरनेट चलाउनबाट वञ्चित थिए । जसबाट उनीहरुले समस्या झेल्दै आए । टेलिकमले विकट तथा दूरदराजमा फोरजी सेवा तीव्ररुपले बिस्तार गरिरहेकोले अहिले भने स्थानीयलाई सहज बनेको छ ।
सदरमुकाम बागलुङ बजारदेखि झन्डै २८ कोस पश्चिमस्थित विकट गाउँ रणसिंहकिटेनीमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको हो । बडिगाड ४, जलजला र वडा ८ रणसिंहकिटेनी सीमानास्थित बेतथलाको धुरीमा २५ मिटर अग्लो स्थायी टावर निर्माण गरी टेलिकमले सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।
टेलिमकले उक्त स्थानमा २०६७ जेठदेखि पहिलो पटक टुजी सेवा शुभारम्भ गरेको थियो । २०६८ मा थ्रिजी सेवा थप गरेको टेलिकमले सेवाग्राहीलाई उच्चगतिको इन्टरनेट डाटा सर्भिस र गुणस्तरीय भ्वाइस सेवा प्रदान गर्न सोमबारदेखि चौथो पुस्ताको मोबाइल सेवा प्रदान गरेको कार्यालय प्रमुख शर्माले जानकारी दिए । ग्रामीण तथा विकट गाउँका नागरिकलाई सहजरुपमा सञ्चार सेवाको पहुँचमा जोडन उच्च गतिको इन्टरनेट डाटा सर्भिस फोरजी र गुणस्तरीय भ्वाइस सेवा भोल्टी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । यसभन्दा पहिले उक्त स्थानमा १८ मिटरको पोल टावरबाट टेलिकमले टुजी र थ्रिजी सेवा थियो ।

पहिले नेटवर्क सिग्नल खोज्न डाँडातिर धाउनुपर्ने बाध्यता थियो

हाल २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरेर चौथो पुस्ताको फोर जि सेवा शुभारम्भ भएपछि ग्रामीण क्षेत्रमा इन्टरनेट चलाउन र उच्च गुणस्तरको आवाजमा फोन कल गर्न सुविधा भएको टेलिकमले जनाएको छ ।
सो सेवापछि बडिगाड ४ जलजला, वडा ७ भीमगिठे र वडा ८ रणसिंहकिटेनीसँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाका अधिकांश भूभागका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको वडा ८ का वडा अध्यक्ष यमबहादुर श्रीस थापाले बताए ।
‘गाउँमा इन्टरनेट सुविधा नहुँदा साह्रै समस्या झेल्नुपरेको थियो । यो सेवापछि अब सजिलो भएको छ,’ वडा अध्यक्ष श्रीसले भने, ‘अहिले स्वास्थ्य चौकी, किटेनी मावि र वडा कार्यालयमा प्राइभेट इन्टरनेट सेवा त छ तर आउनेजाने गर्छ, भरपर्दो छैन ।’
पहिले नेटवर्क सिग्नल खोज्न डाँडातिर धाउनुपर्ने बाध्यता थियो । अहिले गाउँघरमै बसेर उच्च गतिको इन्टरनेट र गुणस्तरीय भ्वाइस कलसहितको टेलिकमको फोरजी सुविधा पाउँदा आफूहरु खुसी भएको स्थानीय राजेन्द्र श्रीसले बताए । त्यस क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएसँगै नमस्ते मोबाइल प्रयोगकर्ताले तीव्रगतिको मोबाइल ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन् । सेवा बिस्तारसँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा टेलिकम केन्द्रित रहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width