पोखरा । पोखरा १०, रामघाटस्थित गीताशान्ति मार्ग महिला समूहको १० आंै साधारण सभा तथा पाँचौं अधिवेशनबाट शान्ति सुवेदी अध्यक्षमा चयन भएकी छन् ।
कार्यसमिति उपाध्यक्षमा मञ्जु भण्डारी, सचिव सविता गिरी, सहसचिव मन्धरा गौतम, कोषाध्यक्ष शान्ता आचार्य गौतम र सहकोषाध्यक्ष विन्दा केसी सर्वसम्मत चयन भए । सदस्यमा तीला सुवेदी, दुर्गादेवी गौतम, सुभद्रा भुजेल, देवी गिरी, ईन्दु गौतम, सीता पौडेल पाण्डे, गीता पौडेल, सुजता गौतम र विजया गुरुङ छन् । कार्यकाल २ वर्षको हुनेछ । संयोजक निर्मला कार्की भण्डारी रहेको निर्वाचन समितिले निर्वाचन गराएको हो ।
यसैबीच, संस्थामा अघिल्लो कार्यकालमा विभिन्न उपसमितिमा रहेर संस्थालाई योगदान दिने कार्यक्रम संयोजक लगायतलाई सम्मान तथा नयाँ सदस्यको स्वागत गरियो ।
संस्थाकी संस्थापक अध्यक्ष निर्मला कार्की भण्डारीले कार्यक्रम उद्घाटन गर्दै सो संस्इथा रामघाट क्षेत्रको उत्कृष्ट सामाजिक संस्था रहेको र समाज रुपान्तरणका लागि उल्लेख्य योगदान पुर्याएकोमा खुसी व्यक्त गरिन् ।
वनभोजसहित भएको कार्यक्रममा संस्थाकी सचिव मञ्जु भण्डारी र कोषाध्यक्ष मन्धरा गौतमले आ–आफ्नो प्रतिवेदन पेस गरेका थिए । संस्था अध्यक्ष ईशु गौतमको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव मञ्जु भण्डारी र स्वागत उपाध्यक्ष शान्ति सुवेदीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१