पाल्पाली समाज पाेखराको स्थापना दिवसमा वृद्धावृद्धालाई फाइबर सिरक

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७८
palpali samaj

पोखरा, ११ मंसिर । पाल्पाली समाज पोखराको २८ औं स्थापना दिवस अवसरमा शनिबार वृद्धवृद्धालाई लत्ताकपडा तथा खाद्यान्न हस्तान्तरण गरिएको छ ।

समाजले पाल्पा, स्याङ्जा र तनहुँको संगमस्थल कालीगण्डकी केलादीघाटस्थित राधा दामोदर आयोग्यधाममा आश्रित वृद्धवृद्धालाई सो सहयोग गरेको हो । संस्थाले फाइबर सिरक २४ थान, टोपी ३४ थान, सुरुवाल ३४ थान, हाइनेक ३४ थान, ३ बोरा चामल, १ कार्टुन तेल, १० किलो दाल, नुनलगायत सामाग्री वितरण गरेको संस्थाका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

समाजका अध्यक्ष रेशम थापाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा स्वागत उपाध्यक्ष श्रीधर पराजुली, सञ्चालन महासचिव केशव नेपाल र धन्यवाद ज्ञापन कार्यक्रम संयोजक रमेश पौडेलले गरेका थिए ।

पोखराबाट सहयोग हस्तान्तरणका लागि गएको टोलीमा संस्थाका पूर्व अध्यक्ष जगदीश गौतम, सल्लाहकार जनपुकार मुनंकमी, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पुन र सदस्य पिताम्वर तिमिल्सिना पनि सहभागी थिए । राधा दामोदर आयोग्यधाममा हाल २४ वृद्धवृद्धा र कर्मचारीसहित ३४ जना आश्रित रहेको आरोग्यधामका अध्यक्ष नेत्रनाथ बस्ताकोटीले जानकारी दिए । कार्यक्रममा पाल्पाली समाजको टोलीलाई उपहारस्वरुप सालिग्राम दिइएको सचिव घनश्याम खनालले बताए।

पाल्पा मुल घर भइ हाल पोखरामा विभिन्न पेसा व्यवसाय गर्दै आएका पाल्पालीहरुको संस्था पाल्पाली समाज पोखराले सदस्यको हकहितसहित विविधि सामाजिक कार्य गर्दै आएको छ । वृद्धवृद्धाको लागि भएको सहयोगमा समाजका सल्लाहकार जनपुकार मुनंकमीले ३४ जोडी ट्रयाक सुट, पोखरा पृथ्वीचोकस्थित काभ्रेली स्टोर्सका मिरोज नारायण जोशीले ३४ थान टोपी, समाजका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरले २ बोरा चामल, अध्यक्ष रेशम रचक र कार्यक्रम संयोजक रमेश पौडेलको जनही ५ हजारसहित सहभागी अन्यले कम्तीमा २ हजार सहयोग गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै