नदीमा खसेर ११ भेडा मरे

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७८
marsyangdi sheep

लमजुङ । गाडीको आवाजले तर्सेर मस्र्याङ्दी नदीमा खस्दा ११ वटा भेडा मरेका छन् । त्यसबाट करिब ३ लाख रुपैयाँ बराबरको नोक्सान भएको जनाइएको छ । मनाङको चामे–१, तिमाङ निवासी नरेन्द्र घलेसहितका ३ जनाले पाल्दै आएको भेडी गोठका भेडा र बाख्रा उद्यौली मनाउन मनाङबाट लमजुङ झार्न लागिएको थियो ।
ती भेडा गाडी र मोटरसाइकलको चर्को आवाजले तर्सेर भाग्ने क्रममा नासों गाउँपालिका–३, खोत्रो गाउँ नजिकको सडकबाट नदीमा खसेका भेडीगोठमा बस्ने गोठाला नलबहादुर गुरुङले बताए । उनले भने, ‘२५ वटा जति खसेकोमा ११ वटा घटनास्थलमै मरेको फेला प¥यो, बाँकी घाइते छन् ।’ सो गोठमा भेडा, भेडी, थुमा, पाठापाठी गरी ४ सय ५० रहेको गुरुङले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख पशु चिकित्सक नारायण कुसुमले कृषकको भनाइ उदृघृत गर्दै भने, ‘२२/२५ वटा भेडाहरू सडकबाट हाम फालेका रहेछन् । तीमध्ये ११ वटा उतिखेरै मरेका र अन्य घाइते छन् । मरेका मध्ये २ बाख्रा र अरु वयस्क भेडाहरू हुन् ।’ पीडित किसानलाई व्यवसाय पुनस्र्थापना कार्यक्रमबाट राहत उपलब्ध गराउने प्रतिबद्धता भेटेरिनरीका प्रमुख कुसुमले व्यक्त गरेका छन् ।
‘ती भेडा खस्दै गर्दा बचाउन गएका गोठाला २ जनाको समेत झन्डै ज्यानै गएन । बल्लबल्ल बाँचे,’ नलबहादुरले भने । तलबाट ३ वटा मोटरसाइकल र माथिबाट ३/४ वटा गाडी एकै पटक आएको र सडक साँघुरो भएकोले बीचमा भेडा परेर तर्सेका भेडा भाग्नेक्रममा नदीमा खसेका हुन् ।
ती भेडामध्ये एउटाको सरदर २० देखि ३५ हजार रुपैयाँसम्म मूल्य पर्ने भेडा मालिक नरेन्द्र घलेले बताए । पशु चिकित्सक नारायण कुसुमले व्यवसाय पुनस्र्थापना कार्यक्रममार्फत प्रतिभेडा ४ हजारका दरले राहत दिन सकिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै