म्याग्दी । गरिमा विकास बैंकले १५ औं वार्षिकोत्सव अवसरमा मंगलबार बेनीमा आयोजना गरेको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । बेनी नरपालिकाका मेयर हरिकुमार श्रेष्ठले ब्लडब्याग हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरेका थिए । उनले वित्तीय कारोबारसँगै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतासहितका सामाजिक कार्यमा सहयोग गरेको बताए ।
सञ्चालक समिति सदस्य दीपेन्द्र श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा योगदान पुर्याउने उद्देश्यसहित रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।
रेडक्रस सोसाइटी बेनी शाखाअन्तर्गतको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा संकलन भएको रगत बेनी अस्पतालका बिरामीसँगै आवश्यकता अनुसार जिल्ला बाहिरसमेत पठाउन सकिने केन्द्रका संयोजक सुरत केसीले बताए ।
सञ्चालक दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीले स्वागत र बागलुङ शाखा प्रमुख नारायणहरि शर्माले सञ्चान गरेको बेनी शाखाकी वरिष्ठ सहायक कविता शर्माले जानकारी दिइन् । बैंकको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बाबियाचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा छ । जिल्लामा धेरै ग्राहक र रेमिट्यान्स प्रवाह गर्ने वित्तीय संस्थासमेत रहेको बैंक नियमित सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गर्ने बैंकमा पर्छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रसलाई लुम्बिनी विकासको सहयोग
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ
ग्रीन बैंकको वार्षिक साधारणसभा
ग्रिन बैंक र फिस्टेलबीच सम्झौता
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१