दौड उपाधि भूमिराज र मनीषालाई

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
SADAK DAUD

????????????????????????????????????

म्याग्दी । अन्तर्राष्ट्रिय बालअधिकार दिवस अवसरमा शनिबार बेनी १८ वर्षमुनिका छात्रछात्राबीच सडक दौड प्रतियोगिता भएको छ ।
जिल्ला खेलकुद विकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्रतर्फ बेनी बोर्डिङ आवासीय माविका भूमिराज नेपाली र छात्रातर्फ हेम मावि, सिवाङकी मनीषा खत्रीले उपाधि हात पारे ।
भूमिराजले निर्धारित ८ किमी दूरी २४ मिनेट ६ सेकेन्डमा पार गरेका हुन् । छात्रतर्फ दोस्रो भानु माविका महेश किसानले २४ मिनेट ३५ सेकेन्ड र तेस्रो भएका थामडाँडा युवा क्लबका मनीष गुरुङले २५ मिनेट २० सेकेन्डमा सो दूरी पारेका थिए । बेनी सामुदायिक माविका रामबहादुर चित्रकार सान्त्वना बने ।
यस्तै, छात्रातर्फ मनीषा खत्रीले सो दूरी ३३ मिनेटमा पार गर्दैै प्रथम भएकी हुन् । द्वितीय न्यु वेस्ट वाइन्ट आवासीय माविकी एन्जिला खत्री, तेस्रो प्रकाश माविकी देवी थापा भए । बेनी सामुदायिक माविकी तारादेवी क्षेत्री, सुजा बानियाँ र वीनिता क्षेत्री सान्त्वना बने ।
छात्रछात्रा दुवैतर्फ प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः ८ हजार, ५ हजार, ३ हजार र १ हजारका दरले पुरस्कार प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष दिनेश केसीले जानकारी दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ, प्रदेश सदस्य चन्दा घले, कार्यालय प्रमुख दानबहादुर राइले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width