पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका सम्पति भएको बताएका छन् ।
ज्येष्ठ नागरिक सरोकार समाज नेपालको शनिबार नवौं साधारणसभा तथा चौथो अधिवेशन एवं ज्येष्ठ नागरिक सम्मान अर्पण समारोहमा उनले जेष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको छुट्टै महत्व रहेको बताएका हुन् । ‘वृद्धवृद्धाहरु पछिल्लो पुस्ताको लागि अमूल्य सम्पति हुन्’, सचिव कुँवरले भने, ‘ज्येष्ठ नागरिकको अनुभव नै नयाँ पुस्तालाई अगाडि बढ्न काफी हुन्छ ।’ उनीहरुको अनुभव पुस्तान्तरण गर्नुपर्ने पनि उनको भनाइ थियो । संस्थाले स्थापनाकालदेखि नै ज्येष्ठ नागरिकको हकहित र संरक्षणको क्षेत्रमा आएको भन्दै उनले प्रशंसा गरे । कुँवरले संस्थाका लागि प्रदेश सरकारले सहयोग गरिरहेको र आगामी वर्षमा बजेट छुट्याउने प्रतिबद्धता थियो ।
यसैबीच, संस्थाले ७५ वर्षमाथिका ४६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सो अवसरमा ९ जना अक्षयकोष दाताहरुलाई पनि सम्मान गरियो । उनीहरुलाई सम्मानपत्र, दोसल्लासहित सम्मान गरिएको हो ।
संस्थाले बर्सेनि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको उपाध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिए । ‘हामीले हरेक वर्ष ७५ देखि ९९ सम्मका आमाबुवालाई साधारणसभामा बोलाएर सम्मान गर्दै आएका छौं,’ उनले भने, ‘१ सय वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सम्मान गरिरहेका छौं ।’ संस्थाले छिट्टै नै तनहुँ र भक्तपुरमा शाखा चलाउँदै महासचिवसहितको १३ सदस्यीय कार्यसमिति बनाउने लक्ष्य राखेको छ ।
समाजले शनिबार वार्षिक मुखपत्र ज्येष्ठ नागरिक आवाज पनि विमोचन गरेको छ । संस्थाको आठौं साधारणसभाले सचिव इच्छाबहादुर वाग्लेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद भण्डारीको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।
भक्तराजको अध्यक्षतामा नयाँ समिति
ज्येष्ठ नागरिक सरोकार समाज, नेपालको अध्यक्षमा पुनः भक्तराज श्रेष्ठ चुनिएका छन् । समाजको चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत भएका छन् । समाजको उपाध्यक्षमा केशवबहादुर ढकाल, महासचिवमा विष्णुप्रसाद पौडेल, सचिवमा ईच्छाबहादुर वाग्ले र कोषाध्यक्षमा रामजीप्रसाद कोइराला छन् ।
सदस्यमा सूर्यप्रसाद ओझा, भीमबहादुर पौडेल, हरिप्रसाद फँुयाल, त्रिभुवन शर्मा, उत्तम जोशी, नन्दप्रसाद बराल सहित महिला सदस्यमा पार्वता पौडेल र प्राडा सरस्वती शर्मा न्यौपाने सर्वसम्मत चुनिएका हुन् । समितिमा अधिकांश पुरानै अनुहार रहेको सचिव ईच्छाबहादुर वाग्लेले जानकारी दिए । अघिल्ला वर्षमा ११ सदस्यीय कार्यसमिति भए पनि यो वर्ष विधान संशोधन गरेर १३ सदस्यीय बनाइएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१