नेपालको विकासको लागि सबभन्दा धेरै आशा र भरोसा लाग्दो क्षेत्र जलविद्युत हो । देशमा विद्यमान अथाह जनस्रोतको उपयोग गरी विद्युत निकालेर विदेशमा निकासी गरी त्यसबाट आय आर्जन गरी नेपाल र नेपालीलाई समृद्ध पर्ने वर्षौं पहिले देखिको सपना हो । त्यो सपना पूरा गर्ने क्रममा पहिलो पाइला चालिएको समाचारले नेपालीहरुलाई खुसी बनाएको छ । पहिलो पटक नेपालले भारतलाई बिजुली बेचेर विगत दुई सातामा ६ करोड रुपैयाँ कमाएको समाचार सम्प्रेण गरिएको छ । यो सबैका लागि सुखद समाचार हुनुपर्दछ । वर्षाैंदेखिको विद्युत निर्यात गर्ने सपना यसले पूरा गरेको छ । अब नियमित रुपले विद्युत निर्यात भइरहने आशा गरिएको छ । ६ करोड आम्दानी हुनु देशको लागि ठूलो कुरा होइन तर यो सुरुआत हो त्यसैले यसलाई महत्वका रुपमा लिनुपर्दछ ।
एक त छिमेकी भारतले नेपाललाई बढी भएको बिजुली किनिदिने भएछ, यो खुसीको कुरा हो । त्यस्तै खुसी नेपालको बिजुली बंगलादेशले किन्ने जुन प्रतिबद्धता जनाएको छ । त्यो पनि उत्तिकै महत्वपूर्ण कुरा भएको छ । यी कुराले नेपालको बिजुली छिमेकी देशहरुमा निकासी गर्न बाटो प्रशस्त भएको प्रष्ट पारेको छ । विद्युत क्षेत्रमा काम गर्नेहरु यसबाट उत्साही भएको हुनुपर्दछ । तिनीहरुले उत्पादन गरेको बिजुली अब कहाँ लग्ने के गर्ने र कसले किनिदेला भन्ने समस्या भएन । हिजो त्यो समस्याले गर्दा पनि केही कम्पनीहरु र ती कम्पनीहरुलाई लगानी गर्ने वित्तीय संस्थाहरु लगानी गर्न हिच्किचाएको अवस्था थियो । अब त्यो अवस्था रहेन । त्यो अवस्था नरहेकोले अब विद्युतको काम छिटो छिटो हुने अपेक्षा गर्न सकिन्छ ।
ती सबै भएर पनि यो त्यत्ति उत्साहजनक देखिएन । यसपटक भारतलाई बिजुली बेच्यौं भन्ने भए, ६ करोड कमाएको पनि उल्लेख भयो । तर जुन विद्युत उत्पादन गरियो र जुन मूल्यमा नेपाल विद्युत प्राधिकरणले भारतलाई बिजुली बिक्री गरियो । त्यो नाफाको व्यापार भएन । नेपाल विद्युत प्राधिकरणले धेरै मूल्यमा खरिद गरेर भारतलाई सस्तो मूल्यमा बिजुली बेचेको छ । प्राधिकरणले मूल्य निर्धारण तलमाथि भइरहने कुरा त जनाएको तर सधैं यस्तै रहने हो भने त्यो हाम्रो लागि सुखद रहने छैन । विद्युत प्राधिकरणले जनाए अनुसार कात्तिक २३ गते सबभन्दा बढी प्रतियुनिट ५ रुपैयाँ ३ पैसा र सबभन्दा कम कात्तिक १८ मा प्रतियुनिट औसत २ रुपैयाँ १३ पैसा पाएको छ । जुन कि प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामका लागि प्रति युनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा खरिद सम्झौता गर्दछ । प्राधिकरणले आफूले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गर्दा त्यसको परिणाम के हुन्छ, यो सोचनीय कुरा हो । विद्युत प्राधिकरणले आफूले प्रयोग गरेर बढी भएको अर्थात् खेर गएको बिजुली बेचेको भनी टालटुल जवाफ दिने गरेको छ । तर त्यो पर्याप्त छैन । व्यापार त्यसरी चल्दैन, यसलाई फेदैदेखि सोच्नु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१