थकाली सेवा समितिमा गोविन्द

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७८
thakali~

पोखरा । थकाली सेवा समितिको अध्यक्षमा इ. गोविन्द गौचन निर्वाचित भएका छन् । संस्थाको ६७ औं साधारणसभा तथा २२ औं अधिवेशनले गौचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समिति उपाध्यक्ष इ. रुजिन्द्र तुलाचन र तेजिन्द्र तुलाचन, सचिव अशोक भट्टचन, कोषाध्यक्ष गोपी तुलाचन, सहकोषाध्यक्ष खीमनारायण शेरचन तथा सहसचिव भक्त शेरचन चयन भए ।
सदस्यहरु साबी शेरचन, पूर्णकुमारी शेरचन, विष्णु शेरचन, अमिता शेरचन, चित्र भट्टचन, झलक गौचन, प्रेम शेरचन, राजकुमार शेरचन, यज्ञकुमार गौचन, पदमप्रसाद गौचन, सुजन गौचन र कृष्ण गौचन छन् । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सल्लाहका डा. सोमत सिंह तुलाचनले आफ्नो संस्कार र संस्कृति जगेर्नाका लागि समितिले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा हरिध्वज तुलाचन, निवर्तमान अध्यक्ष विश्वमोहन गौचन, योगेन्द्र शेरचन, किरणप्रसाद भट्टचन, वसन्त भट्टचन लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै