काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ हजार २ सय १९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १७ हजार ६ सय ४२ जना पुगेको छ । सो अवधिमा १ हजार १ सय २३ सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६७ हजार ८ सय १९ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको मत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १ सय ५७ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३ सय ५० सघन उपचारकक्ष (आइसीयू), १ सय १२ भेन्टिलेटर, १६ हजार ३ सय ७१ होम आइसोलेशन, १ हजार २ सय ७१ संस्थागत आइसोलेशन र २ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् ।
८३ हजार ३ सय ७३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा ७ लाख ९६ हजार ६ सय १८ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९१ हजार ९ सय २९ एन्टिजेन विधिमा कारेरोना देखिएको मन्त्रालयको तथ्याङ्कम उल्लेख छ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१