लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका स्थानीयस्तरमा पाठ्यक्रम बनाउने दोस्रो पालिका बनेको छ । यसअघि जिल्लाको मध्यनेपाल नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको थियो ।
‘मस्र्याङ्दी गाउँपालिका भूलभूले लमजुङ’ नामक मस्र्याङ्दी गाउँपालिकाद्वारा नवनिर्मित पाठ्यक्रमको संविधान सभा सदस्य जमिन्द्रमान घलेले विमोचन गरे । घलेले स्थानीय विषयवस्तुका आधारमा निर्मित पाठ्यक्रमअनुसार पठनपाठन हुँदा बालबालिकालाई आफ्नो गाउँपालिकाबारे जानकार हुन पाउने अवसर मिल्ने बताए
मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले शिक्षकलाई पाठ्यक्रमअनुसार अध्यापन गराउन निर्देशन दिएको बताए । उनले पाठ्यपुस्तकमा आफ्नो गाउँपालिकाभित्रका बालबालिकालाई गाउँपालिकाको समग्र वस्तुस्थिति भेषभूषा, धर्म, संस्कृति, कला, भूगोल, विभूतिलगायत समेटिएको जानकारी दिए । कक्षा १ देखि ५ कक्षासम्मका बालबालिकाका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको उनको भनाइ थियो ।
सोही पाठ्यक्रम अनुसार चालु शैक्षिक सत्रदेखि नै विद्यालयमा अध्यापन गराउने तयारी भएको गाउँपालिकाले जनाएको छ । शिक्षा शाखा प्रमुख देवराज पौडेलले अब हरेक विद्यालयमा पाठ्यक्रम पुग्ने र सोहीअनुसार शिक्षकले विद्यार्थीलाई अध्यापन गराउने जानकारी दिए
विद्यार्थीले आफ्नै गाउँ, आफ्नै ठाउँको बारेमा जानकारी पाउन सकून् भनेर र उनीहरूमा ज्ञान बढोस् भन्नका लागि गाउँपालिकाले पाठ्यक्रम बनाएको सो गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । उनकाअनुसार स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षा शाखा प्रमुख पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनेको थियो ।
मस्र्याङ्दी गाउँपालिकामा ५५ वटा विद्यालय छन् । यसमा ५३ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालय छन् । ९ वटा माध्यमिक विद्यालय छ । माध्यमिक विद्यालयमा ८ वटा सामुदायिक र १ संस्थागत विद्यालय छ ।
Related News
सम्बन्धित समाचार
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१