काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७३६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आठ हजार ५८९ जनाको पीअीसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार २७९ जना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा नौ सङ्क्रमितको मृत्यु भएको छ ।
देशभर १९ हजार १४२ जना सक्रिय सङ्क्रमित छन् । सत्र हजार ८१३ होम आइसोलेशनमा तथा एक हजार ३२९ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै ३६८ सघन कक्षमा र १२० जना भेन्टिलेटरमा छन् । देशभर २३० सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक लाख दुई हजार ३०१ ले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१