मुख्यमन्त्री पाेखरेलद्वारा वर्ल्ड  हाप्किदो च्याम्पियनसिप खेलाडीको बिदाइ

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७८
hapkido kheladi bidai2

पोखरा । रसियामा हुने वल्र्ड हाप्किदो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई पोखराबाट बिदाइ गरिएको छ । च्याम्पियनसिपमा सहभागी हुन पोखरामा १ महिने बन्द प्रशिक्षणमा रहेका हाप्किदोको खेलाडीलाई बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रममार्फत् गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिदाइ गरेका हुन् । आगामी कात्तिक ५ देखि ७ गतेसम्म रसियाको सेन्ट पिटर्सवर्गमा सञ्चालन हुने वल्र्ड हाप्किदो च्याम्पियनसिपमा सहभागी हुने खेलाडी र प्रशिक्षकसहित २० जना सहभागी हुनेछन् ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले खेलाडीलाई राज्यले पर्याप्त सेवा सुविधा उपलब्ध गराउन नसके पनि प्रशिक्षक र खेलाडीको आफ्नै प्रयास र मेहनतले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीको शान विश्वसामु पु¥याउन सफल भएको बताए ।

राज्यले सुविधा दिन नसक्दा पनि खेलाडीको अथक मेहनत र प्रयासबाट प्राप्त उपलब्धिले गौरव गर्ने अवसर पाएको बताए । उनले खेलाडीलाई उत्कृष्ट खेल प्रदर्शन गरेर गण्डकी प्रदेश र नेपालको पहिचान गराएर आउन शुभकामनासमेत दिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले खेलकुद पदाधिकारी र संघले खेलाडीको पक्षमा काम गर्न नसकेको आरोप लगाए । संघ, सस्ंथामा व्यक्तिवाद हाबी हुने र झोलामा संस्था बोकेर हिँड्दा खेलाडीको पक्षमा काम नभएको भन्दै झोले संगठन र तिनका पदाधिकारीले पछिल्लो समय स्थापना भएको हाप्किदो संघका पदाधिकारीबाट काम सिक्नसमेत आग्रह गरे । पार्टीबाटै नियुक्ति भए तापनि खेलकुद र खेलाडीको हितमा संघ, संस्थाका पदाधिकारीले काम गर्नुपर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले हाप्किदो खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउन आफ्नो ठाउँबाट पहल गर्ने बताउँदै हाप्किदो खेलले रसियामा हुने वल्र्ड च्याम्पियनमा राम्रो नतिजा ल्याउनेतर्फ आफू ढुक्क रहेको बताउँदै खेलाडीलाई हौसला प्रदान गरे ।
नेपाल मार्सल आर्टस् हाप्किदो संघ गण्डकी प्रदेशका उपाध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मार्सल आर्टस् संघ हाप्किदो संघ केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगर, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, नेपाल मार्सल आर्टस संघ हाप्किदो संघ गण्डकी अध्यक्ष एमबी आस्थामगरलगायतले बोलेका थिए ।

संघका सहसचिव सुशान्त गाहामगरले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष तारा थापामगरले स्वागत गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै