काठमाडौं, ५ असोज । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय २२ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । यस्तै सक्रिय संक्रमितकाे सङ्ख्या २१ हजार ५ सय २४ रहेका छन् ।
५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला ९ र २ सय भन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ पुगेका छन् । ५ सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा ७ लाख ५४ हजार सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.९ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको ११ हजार ५३ पुगेको छ । नेपालमा प्रति १० लाखमा ३ सय ७२.५ सङ्क्रमितको मृत्यु भएको तथ्यांक छ । यस्तै मन्त्रालयका अनुसार ३ सय ३५ जना सघन उपचार कक्ष (आइसियु), १ सय ७ जना भेन्टिलेटर, २० हजार १ सय ६४ जना होम आइसोलेसन, १ हजार ३ सय ६० जना संस्थागत आइसोलेसन र २ सय ५० जना क्वारेन्टिनमा छन् ।
नेपालमा मंगलबार ५५ हजार २ सय ४२ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ३० हजार ८ सय २३ ले पहिलो मात्रा र ५६ लाख २८ हजार ७ सय ९२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन्।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१