राष्ट्रिय फुटसल लिग : लुम्बिनी र ढुकु विजयी

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७८
Futsal Photo 3 gate

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भएको ‘ए’ डिभिजन फुटसल लिग अन्तर्गत दोस्रो दिन ३ खेल भएका छन् । आइतबार भएका खेलमा लुम्बिनी, ढुकु फुटसल हब बिजयी भएका छन् । फुटसल फाइभ धरान र शंखमुल फुटसलको खेल बराबरी खेले ।

पहिलो खेलमा रुपन्देहीको लुम्बिनी फुटसलले रुपन्देहीकै झरना स्पोटर््स क्लबलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । लुम्बिनीका लागि रुपेन बराइलीले २ तथा अन्जन थापा, गेली शेर्पा, रेइफी महर्जन र रोजन दाहालले १÷१ गोल गरे । झरनाका लागि अमीत गुरुङ र मोहनबहादुर थापाले १÷१ गोल गरे । खेलमा लुम्बिनीका रेइफी महर्जन म्यान अफ दि म्याच भए ।
दोस्रो खेलमा फुटसल फाइभ धरान र काठमाडौंको शंखमुल फुटसलले ३–३ को बराबरी खेले । धरानका विजय श्रेष्ठ, सरोज तामाङ र प्रवेश जोशीले गोल गरे । शंखमुलका लागि म्यान अफ दि म्याच क्रिजल श्रेष्ठ, सुशान श्रेष्ठ र लक्ष्मण थापाले गोल गरेका हुन् ।

आइतबार भएको अन्तिम खेलमा काठमाडौंको ढुकु फुटसल हबले पोखराको सविन मेमोरियललाई ८–६ गोल अन्तरले पराजित गरेको हो । ढुकुका लागि उर्केन शेर्पा, अभय राना र विक्रान्त नरसिङ रानाले २/२ तथा अमीत लामा र पेम्बा नार्बु लामाले १ /१ एक गोलको योगदान दिए । सविनको तर्फबाट अविनास तामाङ र मनीष क्षेत्रीले २/२ तथा सुनील विक र सरोज गुरुङ १/१ गोल फर्काए । खेलमा ढुकुका उर्केन शेर्पा म्यान अफ दी म्याच चुनिए । प्रत्येक खेलका म्यान अफ दि म्याचले नगद ५/५ हजार र ट्रफी प्राप्त गरेका थिए ।

लिगअन्तर्गत सोमबार २ खेल हुने एन्फा फुटसल कमिटीले जनाएको छ । पहिलो खेलमा प्रभातफेरीले राइजिङ क्लब धरानसँग र स्काई गोल्सले झरना स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । असोज २२ गतेसम्म पोखराको बहुद्देश्यीय कभर्ड हलमा हुने लिग विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै