काठमाडौं । आज एकैदिन एक हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार १७९ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमणको दर १९।२ प्रतिशत पुगेको छ ।
यस्तै सक्रिय सङ्क्रमित २५ हजार ७७२ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् । आज एक हजार ६८९ सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४५ हजार २१५ कोरोनामुक्त भएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५।३ प्रतिशत रहेको छ ।
यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३७०।८ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।
हाल ४०७ सघन उपचार कक्ष, १२८ भेन्टिलेटर, २४ हजार २२२ होम आइसोलेसन, एक हजार ५५० संस्थागत आइसोलेसन र २२० जना क्वारेन्टिनमा रहेका छन् । आज एक लाख १० हजार ८९९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा ६० लाख ५७ हजार १९४ जना र पूर्ण मात्रा ५४ लाख ७३ हजार १५१ जनाले लगाएका छन् ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१