पोखरा । गण्डकी प्रदेशमा पछिल्ला १ हप्तामा ३ हजार ७ सय ८५ जना संक्रमित भएका छन् । दिन प्रतिदिन संक्रमित संख्या बढिरहँदा शुक्रबार ७ सय १ जना थपिएका हुन् । साउन पहिलो साता २ हजार ५ सय ७६ जना संक्रमित भएका थिए । पछिल्ला केही दिनयता दैनिक ५ सयभन्दा बढी संक्रमित भएका थिए । बिहीबार ६ सय १६ र बुधबार ५ सय जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कास्कीमा ९२ पुरुष र ९९ महिला गरी १ सय ६६ जनासहित मुस्ताङका २२, म्याग्दीका १२, पर्वतका ३७, गोरखाका १ सय १३, लमजुङका ९ र तनहुँका २७ जना संक्रमित भएका हुन् । यसैगरी बागलुङका ८८, स्याङ्जाका १ सय ५ र नवलपुरका १ सय १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । मनाङमा शून्य संक्रमित हुँदा प्रदेशका बाँकी १० जिल्लामा ३ सय ५७ पुरुष तथा ३ सय ४४ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ९ सय ६८ पुगेको छ । पछिल्लो २४ घन्टामा ७ सय १० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६४ हजार १ पुगेको छ ।
प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २ सहित पर्वत बागलुङ र म्याग्दीका १/१ जना छन् । जसमा पोखरा १३ का ८४ वर्षीय कोरोना संक्रमित पुरूषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । पोखरा १५ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको पनि चरक मेमोरियल अस्पतालमा र पर्वतका ७८ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ की ५० वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा, बागलुङ नगरपालिका १४ का ३४ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १ सय २३ पुगेको निर्देशनालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो । पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ४ सय ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १० हजार ५ सय ९ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ६ लाख ६५ हजार ५ सय ४८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ रहेको छ । हालसम्म ७ लाख १० हजार ५ सय ९ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१