पोखरा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ । पुरस्कारका लागि आवेदन दिएका २ सय २२ पुस्तकमध्ये ९ वटालाई सम्भावित पुरस्कारका लागि छनोट गरिएको हो । पुरस्कारका लागि बढीमा १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले मदन पुरस्कार गुठीलाई ९ वटा पुस्तकको नाम उपलब्ध गराएको थियो ।
सूचीमा गिरी श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिंगो’, लेखनाथ क्षेत्रीको ‘फुलांगे’, केशव दाहालको ‘मोक्षभूमि’, ‘जेशन कुँवरको रमिते’ र भगिराज इङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकको सूचीमा परेका छन् । ‘गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको एउटा आधार बनाइएको थियो,’ गुठीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
छनोटमा परेका पुस्तकमध्ये एकले वर्ष २०७७ को मदन पुरस्कार पाउनेछ । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले पाएको थियो । पुरस्कारको राशि ४ लाख रुपैयाँ छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१