नेपालमा कोरोना कहर सुरु भएको डेढ वर्ष भो । विश्वभर महामारी रुपमा फैलिएको संक्रामक यो रोगको शिकारमा कुनै पनि क्षेत्र अछूतो छैन । अघिल्लो वर्ष ७ महिनसम्म लकडाउन तथा निषेधाज्ञामा गुजारेका नेपालीले संक्रमण अब हट्लाहट्ला भन्दाभन्दै फेरि दोस्रो लहरको सामना गर्नुप¥यो । दोस्रो लहर सुरु भएको पनि झण्डै ४ महिना हुन लाग्दा फेरि तेस्रो भेरियन्ट भित्रिने आकलन गर्दै सरकारले सचेतना अपनाउन आग्रह गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरियन्टसहित थप ३ भेरियन्टको चुनौती थपिएको जनाउँदै संक्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संकलन गरेको ४७ जनाको नमुना परीक्षण गर्दा तिनमा डेल्टा भेरियन्ट पुष्टि भएको जनाएको हो । अल्फा भेरियन्ट, डेल्टा भेरियन्ट र कप्पा भेरियन्टका उत्परिवर्तन फेला परेको हो । स्वास्थ्य विज्ञले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्याइँ गरे अबको एक महिनामै संक्रमणको तेस्रो लहर आउने बताएका छन् । अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारीरूपमा लागु नगरिएकाले मन्त्रालयले असोज १५ देखि संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । तेस्रो लहर संक्रामक र बालबालिकालाई बढी असर गर्ने भएकाले मन्त्रालयले सचेत रहन निर्देशनसमेत दिइसकेको छ ।
कोरोना संक्रमण फैलिन नदिन देशका अधिकांश जिल्लाको निषेधाज्ञा पछिल्लो समय खुकुलो हुँदै गएको छ । जसका कारण केही सातायताको तथ्यांक हेर्दा संक्रमित दर बढेको छ । बुधबार देशभर थप २६ सय ३४ मा संक्रमण देखियो । १४ हजार हाराहारीमा भएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । सोमबार मात्रै अघिल्लो दिनको तुलनामा झण्डै १२ सय बढी संक्रमित फेला परेका थिए । सोमबार नेपालमा ३४ सय बढी संक्रमित भेटिएका थिए । निषेधाज्ञा खुकुलो हुँदा मानिसको चहलपहल तथा आवातजावत बढेको छ । सरकारले मध्य तथा लामो दूरीका सार्वजनिक सवारीसाधन पनि यसै सातादेखि सञ्चालनमा छुट दियो । त्यसले पनि संक्रमण जोखिम बढाउन मद्दत पुग्यो । अझ परीक्षण दायर बढाए संक्रमित अझ भेटिने स्वास्थ्य विज्ञ बताउँछन् । मानिस समाजबाट कोरोना सकिएको झैं व्यवहार गर्न थालिसकेका छन् । निषेधाज्ञा खुकुलो हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न छोडिएको छ । सामान्य भिड भए पनि व्यवहार सुधार नगर्दासम्म जोखिम त उत्तिकै हुनेछ । त्यसैले मानिसको उपस्थिति कम छ भन्दैमा एकअर्कासँग नजिक हुने वा बिनामास्क हिंडडुल गर्ने र बोलचाल गर्ने व्यवहार सुरु भएको छ । अघोषित रुपमा सभा सम्मेलन, साधारणसभा, भेला, बैठक, गोष्ठी हुन थालेका छन् । कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड अपनाउनु अनिवार्य छ । तिनै तहका सरकारले सबै नागरिकलाई सहज रुपमा खोप व्यवस्थापनमा विलम्बन गर्नु हुँदैन । साथै महामारीबाट जोगिन जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञको सुझाव मनन गर्नुपर्छ । अन्य देशको सिको गर्दै कोरोना नियन्त्रण उपायबारे अझ गहन अध्ययन र विश्लेषण हुनु आवश्यक छ । नागरिक स्वयंको होशियारी र सम्बन्धित निकायको नियमनले मात्र नियन्त्रण सम्भव छ भन्ने भुल्नु हुँदैन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१