प्रेस संयोजक कोइरालालाई बधाई

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
Bharat Guru Photo

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालालाई प्रेस युनियन कास्कीले बधाई तथा शुभकामना दिएको छ ।
नेपाल प्रेस युनियन केन्द्रीय पार्षद् कोइरालालाई मंगलबार युनियनले शुभकामना दिएको हो । युनियन कास्की अध्यक्ष नवीन सिग्देलले कोइराला प्रेस संयोजक हुँदा प्रेस युनियनको आकर्षण र उचाइ बढेको बताए । प्रदेशको मन्त्री र मन्त्रालयसँग नजिक रहने हुँदा युनियनको विकासमा सहकार्य गर्दै अगाडि बढ्ने अपेक्षा गर्दै केही समस्या परेमा प्रेस युनियन सहकार्य गर्न तयार रहेको बताए ।
प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले सरकारलाई सही भूमिकामा पुर्‍याउन प्रेसको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । पत्रकारका हकहित र पारिश्रमिकको विषयमा लाग्न पनि उनको आग्रह थियो ।
प्रेस संयोजक कोइरालाले अपेक्षा धेरै भए पनि सहकार्य गर्दै समस्या समाधान गर्दै जाने बताए । आफूले जानेका सीप, दक्षता र क्षमता आधारमा प्रदेश सरकारको काम गर्दै जाने प्रतिबद्धता जनाए । सबैको अपेक्षा अनुसार प्रदेश सरकारको बजेट नभएका कारण पनि सबै अपेक्षा पूरा गर्न नसक्ने कुराको इंगित गर्दै सकेसम्म सल्लाहमा काम गर्ने बताए । आफूप्रति गरेको विश्वास चुक्न नदिने उनले प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकार रवीन्द्र बास्तोला, गंगाधर पराजुली, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्की पूर्व अध्यक्ष हेमराज बराल लगायतले सफल कार्यकालको शुभकामना दिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width