पोखरा । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित संख्या दिनानुदिन बढेको छ । एक साता अवधिमा २ हजार ५ सय ३० जना निको भएका छन् भने २९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
आइतबारमात्र थप ४ सय ४७ जना संक्रमित भए । प्रदेशमा १ हजार १ सय २९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकीमा ३९.५९ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । कास्कीमा १ सय ५ जना पुरुष तथा ९५ जना महिला गरी २ सय सहित म्याग्दीका २, पर्वतका ८, गोरखाका २६ र लमजुङका १९ जनामा पोजेटिभ देखिएको हो । तनहुँका १४, बागलुङका १ सय, स्याङ्जाका ६७ र नवलपुरका ११ जना संक्रमित भएका हुन् । मनाङ र मुस्ताङबाहेक प्रदेशका ९ जिल्लामा २ सय २७ पुरुष तथा २ सय २० जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार ३ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६० हजार २ सय ६० पुगेको छ । नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५४ पुगेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६९ पिसिआर परीक्षणमा आइतबार थप १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिद्वारा गरिएको ३ हजार २ सय ६५ परीक्षणबाट ६ सय ९८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ८ सय ३४ परीक्षणमा २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८० हजार ५ सय ५६ पुगेको छ । नेपालमा थप २ हजार ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ छ ।
प्रदेशमा कोरोना कारण आइतबार ४ जनाको मृत्यु भएको छ । कास्कीमा २ सहित बाग्लुङ र गोरखा १/१ जनाको ज्यान गएको हो । पोखरा ११ की ६३ वर्षीया कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ । पोखरा ३० की ५० वर्षीया महिलाको मिलिटरी अस्पतालमा उपचार क्रममा निधन भएको हो । बागलुङको जैमिनी ९ का ५२ वर्षीय पुरूषकोे धौलागिरी अस्पतालमा उपचार क्रममा ज्यान गएको हो । गोरखाको पालुङटार ३ का ७० वर्षीय कोरोना संक्रमित पुरूषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१