लायन्स पोखरा क्लिन फिस्टेलको पदस्थापन

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७८
lions pic~durga madam (2)

पोखरा । लायन्स क्लब अफ पोखरा क्लिन फिस्टेल सिटीको पदस्थापन भएको छ । क्लबको अध्यक्ष उद्योगी एवं समाजसेवी ऋषिराम सापकोटा छन् । क्लबका प्रथम उपाध्यक्ष खेमबहादुर गुरूङ ,द्वितीय उपाध्यक्ष जीवन अधिकारी, तृतीय उपाध्यक्षमा विजया सापकोटा, सचिव जयराम पौडेल, सहसचिव पुष्प तिमिल्सिना, कोषाध्यक्ष मीरा आचार्य, सहकोषाध्यक्ष भरत थापा छन् । सदस्यता व्यवस्थापनमा इ. विष्णुप्रसाद पौडेल, परियोजना प्रमुखमा भरत गिरी, जनसम्पर्क प्रमुखमा दुर्गादेवी बास्तोला छन् । निर्देशकमा गिरिराज गौतम र मोहन भुजेल रहेका छन् ।
क्लबका सचिव जयराम पौडेलद्वारा सञ्चालित कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष एवं जोन चियर पर्सन श्याम श्रेष्ठ र लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष ओम गौचनले क्लब स्थापनाको उद्देश्य प्रकाश पारे । अध्यक्ष ऋषिराम सापकोटाले क्लबको भावी कार्यदिशाबारेमा प्रकाश पारे ।
विभिन्न क्षेत्रमा काम गरेका २६ जना सदस्य रहेको उक्त क्लब पोखराको पुरानो लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीको सक्रियतामा स्थापना गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै