दमौली । नेपाली कांगे्रसको वडा तहको अधिवेशन १२ साउनबाट सुरु हुने भएकाले चर्चा चुलिएसँगै चोक चोकमा अहिले नेपाली कांग्रेसको महाधिवेशनबारे बहस थालिएको छ । १६ साउनमा गाउँ–नगर अधिवेशन, २० साउनमा प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय तथा १ मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते हुनेछ ।
१ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा भने २६ साउनमा निर्वाचन हुने बताइएको छ । प्रदेशमा भदौ १ र २ गते तथा भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ । अधिवेशनको मिति नजिकियो तर कोरोना कहर हटेन तर पनि कोठाचोटा, सामाजिक सञ्जाल र बाहिर निस्केको मौका छोपेर नेताहरुले अधिवेशनको बहस चलाउन थालेका हुन् । आफू निकटलाई भोट माग्नेलगायत काम थालेका छन् ।
महाधिवेशन सरगर्मी ७७ वटै जिल्लामा बढेको छ, तनहुँ पनि अछुतो छैन । नेताहरु गाउँ पस्दै छन् । कोही बाढी पीडित, कोरोना संक्रमित लगायतलाई राहत वितरण बहाना बनाएर भए पनि आफ्नो उपस्थिति सामाजिक सञ्जालमार्फत देखाइरहेका छन् । कोही नियमित रुपमा पार्टी संगठनमै छन् । नियमित काम गर्नेहरुले सामाजिक सञ्जाललाई महत्व दिएका छैनन् । वडा तहबाटै निर्वाचित भएर आएपछि मात्रै जिल्ला र केन्द्रमा जान पाउने कानुनी प्रावधान कांग्रेसमा छ । अघिल्ला अधिवेशनभन्दा यो अधिवेशनमा क्रियाशील सदस्यता दोब्बर बढेका छन् । त्यसैले अधिवेशन थप रोचक हुने अनुमान गर्न थालिएको छ । आफ्नो पक्षका के कति छन् भनेर उम्मेदवारले पहिचान गर्ने यो पहिलो मौका पनि हो ।
यसपटक कांगे्रसी महिलाले नेतृत्वको लागि अग्रसरता देखाएका छन् । जिल्लाको व्यास१३ बेलवासकी सिर्जना तिवारी महिला संघको वडा सभापति हुन् । कृषिसँगै राजनीतिमा सक्रिय तिवारी जिल्ला सदस्यमा उम्मेदवारी दिने तयारीमा छिन् । हाल कांगे्रसको जिल्ला सदस्यमा ६ जनामात्र महिला छन् । पार्टीको अहिलेको प्रावधानअनुसार अबको नयाँ समितिमा १९ जना महिला अनिवार्य रुपमा समितिमा राख्नुपर्नेछ । महिलालाई आक्षरणमा रुपमा भन्दा पनि क्षमताको आधारमा जिम्मेवारी दिनुपर्ने तिवारीको भनाइ छ । उनले भनिन्,‘महिलाको सहभागिताबिना विकास असम्भव छ । सबै वर्ग, लिंग र क्षेत्रका मानिसको सहभागिताबिना देश विकास हुनै सक्दैन । अझ त्यसमा पनि आधाभन्दा बढीको संख्यामा रहेका महिलालाई पाखा लगाएर त कुनै पनि काम सम्पन्न हुने परिकल्पनासमेत गर्न सकिन्न ।’ उनले अघि भनिन्, ‘ पार्टीको सभापतिमा पुरुष छ भने उपसभापतिमा महिला राख्न त सकिन्छ होला नि ? ’ कांगे्रसको महाअधिवेशन प्रतिनिधिसमेत रहेकी म्याग्दे गाँउपालिकाको अध्यक्ष मायादेवी रानाले अबको अधिवेशमा वडागत रुपमा महिलालाई सभापतिको रुपमा उठाउन खोजेकी छिन् । उनले भनिन्, ‘अबको महाधिवेशनबाट कांग्रेसको सुनौलो भविष्य निर्धारण गर्ने चुनौतीको अभिभारा बोक्ने नेतृत्व ल्याउनुपर्छ । अबको महाधिवेशनमा महिलाले प्रतिनिधित्वमात्रै होइन, नेतृत्व पनि पाउनुपर्छ ।’ व्यास ४ की नारायणी अधिकारीले पनि पार्टीमा सक्रिय रहेका र काम गर्न सक्ने क्षमता भएका महिलालाई अवसर दिन आवश्यक रहेको बताउँछिन् । उनले भनिन्,‘राजनीतिमा महिला–पुरुष सबैको समान पहुँच र समान अवसर आजको आवश्यकता हो । पार्टीभित्र महिलालाई संख्यात्मक रूपमा उपस्थित गराएर मात्र पुग्दैन, गुणात्मक र अर्थपूर्ण नेतृत्व चाहिन्छ ।’ उनले भनिन्,‘नेपाली समाजझैं पार्टीहरू पनि पितृसत्तात्मक चेतनाबाटै परिचालित छन् । महिला स्वयंले हाँकेको पार्टीको राजनीतिले त्यसको जरो हल्लाउन र उखेल्न सक्छ । कांग्रेसको आगामी महाधिवेशनमा महिलालाई प्रतिनिधित्वमात्र नभई नेतृत्व पनि चाहिएको छ ।’ पार्टीको कार्यक्रम र आन्दोलनमा अग्रणी भूमिका खेल्ने महिलालाई कांगे्रसको १४ अधिवेशनले कस्तो भूमिका देला अहिलेको चासोको विषय बनेको छ ।
Related News
सम्बन्धित समाचार
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१