नवलपुर । कोरोना कहरले पाहुना आउन सकेका छैनन् । होटल रेष्टुरेन्ट शून्य छन् । यसैले होटल व्यवसायीमात्र हैन, सामुदायिकस्तरबाट खोलिएका सामुदायिक होम स्टेको समेत आम्दानी शून्य छ । लकडाउनमा पर्यटक आगमन नभएपछि होमस्टेसँगै पर्यटकीय क्षेत्रमा पनि मन्दी छाएको छ ।
तर कावासोती १० स्थित चिलाहा रतवल सामुदायिक होम स्टेले भने विषम परिस्थितिबीच अर्गानिक खेती गरेर राम्रो आम्दानी थालेको छ । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भने झैं लकडाउनको खाली समय सदुपयोग गर्दै होम स्टे सञ्चालकले आर्गेनिक खेती गर्ने र नजिकैका बजार तथा गाउँमा लगेर बिक्री गरी राम्रो आम्दानी गरेका हुन् । कावासोतीको चिलहा रतवल सामुदायिक ग्रामीण होमस्टेले तरकारी उत्पादन गरेर दैनिक १० देखि १२ हजारको आम्दानी गर्दै आएको छ ।
डव्लुडव्लुएफ र लामिचौर उपधोक्ता समितिको २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगबाट होमस्टेले होमस्टे सञ्चालककै जमिन लिजमा लिएर तरकारी खेती गरेको हो ।
जेठ सुरुवाती समयमा बिउँ राख्ने तथा बेर्ना लगाएर अर्गानिक खेती गरेको होम स्टेमा अहिले तरकारी बेच्न योग्य भएको छ ।
तरकारी अहिले दैनिकजसो उत्पादन भइरहेको छ । कावासोती १० मा अवस्थित चिलहा रतवल होमस्टेका १३ सदस्यले सामूहिक रुपमा पहिलो पटक तरकारी खेती गरेको होमस्टेका अध्यक्ष भेषराज महतोले बताए ।
होमस्टेले एक कठ्ठामा एउटा टनेल बनाएर वेमौसमी तरकारी उत्पादन गर्नुको साथै १३ कठ्ठा क्षेत्रफलमा करेला, बोडी, घिँरौला, काँक्रो लगायतका तरकारी मलचिङ गरेर खेती गरेकोे होमस्टे अध्यक्ष महतोले बताए । वर्षात्को समय हरेक क्षेत्रमा तरकारीको अभाव हुने हुँदा पनि यो समयमा तरकारीले राम्रो बजार भाउ पाउने गरेको कृषक बताउँछन् ।
बजार व्यवस्थापनमा कुनै समस्या नरहे पनि निरन्तर वर्षाले केही मात्रामा असर गरेको होमस्टेका व्यवस्थापक प्रेमबहादुर मुखियाले गुनासो गरे ।
त्यस्तै, अहिले तरकारीको मूल्य निर्धारण नहुँदा समस्या भएको छ । सरकारले स्थानीयस्तरमा तरकारीको मूल्य निर्धारण गर्नुपर्न किसानको माग छ । वास्तविक कृषकले भन्दा बिचौलियाले फाइदा लुट्ने गरेको होम स्टे अध्यक्ष भेषराज महतोले बताए । कोरोना कहरले थिलोथिलो परेको होमस्टे अर्गानिक तरकारी उत्पादन गरेर केही हदसम्म भए पनि माथि उठ्ने प्रयत्नको चौतर्फी प्रशंसा भएको छ ।
Related News
सम्बन्धित समाचार
‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१