मुख्यमन्त्री पोख्रेल गृह जिल्लामा

रामकुमार श्रेष्ठ
श्रावण ३, २०७८
cm pokharel

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री भए पछि पहिलो पटक आइतबार दुई दिने भ्रमण तालिका सहित गृह जिल्ला नवलपुर आइपुगेका छन् ।

उनको गैडाकोटमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले स्वागत गरेका छन् । गैंडाकोटदेखि गण्डकी प्रदेशको भारतसँग नाका जोडिएको नाका त्रिवेणी नाकासम्म पुग्ने तालिका बनाएर उनी आइतबार नवलपुर आएका हुन् ।

दुई दिने नवलपुर रहँदा उनले कार्यकर्ता भेटघाट, गठबन्धन पार्टीका जिल्ला स्तरका नेताहरुसँगको भेटघाटदेखि सरकारी भवन उद्घाटन, यहाँका सरकारी कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफल गर्ने लगायतको कार्यतालिका रहेको छ ।

यसैबीच आइतबार बिहान राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरले उनलाई मुख्यमन्त्री भएकोमा बधाई तथा शुभकामना दिंदै ७ बुँदे अनुरोध पत्र पेश गरेको छ ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दिपक पाण्डेले कोभिड व्यवस्थापन, वाढीपीडितलाई राहत, त्रिवेणीसँगको सहजमार्ग लगायतका विषयमा सम्वोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width