पोखरा । गण्डकीमा बिहीबार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रदेशमा कसैको पनि मृत्यु भएको विवरण उल्लेख छैन । लामो समयपछि प्रदेशमा कोरोना संक्रमणको मृत्यु शून्यमा झरेको हो । प्रदेशमा हालसम्म १ हजार ८ जनाको ज्यान गएको छ ।
प्रदेशमा थप ३ सय ७४ जना संक्रमित थपिए । १ हजार १ सय २१ जनाको स्वाब परीक्षणमा ३३.३६ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । कास्कीमा १ सय ८६ सहित नवलपुरमा ४४, गोरखामा ४२, स्याङ्जामा ३८, लमजुङमा २२ र तनहुँमा १७ जना संक्रमित भएका हुन् । यसैगरी बागलुङका १५, म्याग्दीका ६, पर्वतका ३ र मुस्ताङका एक जनामा कोरोना पोजेटिभ देखिएको हो भने मनाङमा संक्रमितको संख्या शून्य रहेको छ ।
योसँगै प्रदेशमा कोरोनाका सक्रिय संक्रमित २ हजार ६ सय २८ पुगेको छ । भने प्रदेशमा थप ३ सय ७७ जनाले कोरोना जितेका छन् । योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ५ सय २३ पुगेको छ ।
नेपालमा २ हजार १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ८ पिसिआर परीक्षणमा बुधबार थप २ हजार १० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९ सय १६ परीक्षणबाट ८ सय ९५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार २४ परीक्षणमा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा थप १ हजार ६ सय ६ जना संक्रमणमुक्त भए । कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१