अपांगता भएकाहरु आफ्नै समस्या लिएर बाँचेका छन् । यसै त प्राकृतिक रुपमा उनीहरु फरक हुन्छन् । त्यसमाथि पारिवारिक र सामाजिक विभेद झेल्न उनीहरु बाध्य छन् । अपांगता धेरै प्रकारका हुन्छन् । त्यसैअनुसारको समस्या पनि । कोही आँखा देख्दैनन्, कोही बोल्न सक्दैनन्, कोही कान सुन्दैनन्, कोही बौद्धिक अपांगता भएका छन् । तीमध्ये बहिराहरुले झेल्ने गरेको समस्या फरक छ । कान सुन्न नसक्नेले बोल्न सक्दैनन् । किनभने सिक्ने भनेको देखेर वा सुनेर हो । जब सुन्ने क्षमता नै छैन भने उसले कसरी सिकोस् ? नेपालका विद्यालयहरु अपांगतामैत्री छैनन् । अनि अर्को समस्या कस्तोखाले अपांगता भएकालाई के के व्यवस्था गर्ने ? बहिरा अपांगता भएकाहरुको मुख्य समस्या बनेको छ शिक्षा । अघि नै भनियो कि कान नसुनेपछि भाषाको ज्ञान उनीहरुलाई हुने कुरै भएन । दैनिक प्रयोग हुने भोक लाग्यो, खाना खान्छु जस्ता सामान्य कुरा पनि भन्न सक्दैनन् उनीहरु । कतिपय अवस्थामा त यो समस्याबारे अभिभावक जानकार नै हुँदैनन् ।
अहिले आएर सांकेतिक भाषाको प्रयोग हुन थालेको छ । तर सबैतिर दोभाषे कहाँ उपलब्ध हुन्छन् र ? कतिपय अभिभावकले आफ्ना बालबालिकको सहजताका लागि सांकेतिक भाषा तालिम लिएका हुन्छन् । जसका कारण अपांगता भएकाहरुलाई सहज हुन्छ । जसबाट अभिभावक र बहिरा छोरा छोरीबीचको भाषा नबुझ्ने समस्या रहँदैन । अहिले श्रवण अपांगता भएका बालबालिका र अभिभावकलाई सहज गराउन उनको पहलमा डिजिटल सांकेतिक पाठ्यसामग्री तयार गरिएको छ । गण्डकी प्रदेशको आर्थिक सहयोग, शिक्षा तालिम केन्द्र तनहुँको संयोजन तथा सिर्जना बहिरा आवासीय मावि पोखराको समन्वयमा सामग्री निर्माण गरिएको हो ।
नेपालमै पहिलो पटक डिजिटल सामग्री निर्माण गरी बालबालिकाको पठनपाठनमा नयाँ प्रयोगको चरणमा रहेको बताइएको छ । यसले अभिभावकमा थोरै भए पनि श्रवण अपांगता भएका छोराछोरीलाई हेर्ने नजर परिवर्तन हुनेछ ।
प्रदेश सरकारको १० लाख सहयोगमा सिर्जना बहिरा विद्यालयले बहिरा विद्यार्थीहरुका लागि कक्षा १ को सबै विषयहरु (मेरो नेपाली, गणित, अंग्रेजी र हाम्रो सेरोफेरो) विषयलाई डिजिटलाइज्ड अर्थात् प्रविधिमैत्री बनाइएको छ । यसले शिक्षामा प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने र शिक्षक, विद्यार्थी तथा अभिभावकलाई समेत शिक्षण सिकाइमा प्रत्यक्ष लाभ मिल्नेछ । लोककल्याणकारी राज्यमा अपांगता भएका नागरिकहरुले त्यसै अनुसारको सुविधा पाउनुपर्ने हो । तर यहाँ त नागरिकका समस्याभन्दा राजनीतिक दलहरु सत्ता लिप्सामै केन्द्रित देखिन्छन् । तर जेभए पनि बहिरा अपांगताको क्षेत्रमा भएको यो राम्रो प्रयास हो । यस्ता प्रयासलाई जारी राख्नुपर्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१