पोखरा । लायन्स क्लब अफ पोखरा चौतारीले कृष्ति नाच्नेचौरस्थित भविष्य निर्माण माविका विद्यार्थी भगवती खत्रीलाई ५० सहयोग गरेको छ । क्लबले कक्षा १० की भगवती खत्रीको उपचारार्थ सो सहयोग गरेको हो । खत्रीको मुखमा ट्युमर पलाएको छ । साथै क्लबले विद्यलायमा ५ थान अंग्रेजी माध्यमका पुस्तक र १० थान झोला हस्तान्तरणसमेत गरेको छ ।
लायन्स मोहनबाबु खड्काले कक्षा ३ का अतिविपन्न एवं जेहेनदार विद्यार्थी डिप्सन जिसीको अभिभावकत्व समेत ग्रहण गर्दै गरे । उनले प्लस टु सम्म पढाउने घोषणा गरे ।
नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालले अंग्रेजी किताब उपलव्ध गराइएका १५ जना विपन्न विद्यार्थीलाई थप शैक्षिक सामग्री खरिदका लागि जनही १ हजार दरले १५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लायन्स किशोर बरालले पोखरा महानगरपालिकाको सहकार्यमा लेखनाथमा सञ्चालित कोभिड अस्पताल सञ्चालनका लागि लायन्स क्लबको सक्रियतामा १ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल भुजेलले क्लबको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि यस्तै अपेक्षा गरे ।
क्लब अध्यक्ष सरोजकुमार सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स प्रजापति बास्तोला, पुरुषोत्तम पराजुली, निवर्तमान अध्यक्ष गुरुप्रसाद पौडेल, विद्यालय प्रअ राजेन्द्र सापकोटा, रामचन्द्र अधिकारी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१