पोखरा । गण्डकी ट्याक्सी व्यवसाय पब्लिक लि. विभिन्न माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष गान्धिराज गिरीको नेतृत्वमा गएको टोलीले विभिन्न मागसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ज्ञापनपत्र बुझाएको हो ।
ट्याक्सी व्यवसायीहरुले बैंकको किस्तालाई कम्पनीमा ६ महिना सार्ने व्यवस्था गर्ने, बिमा रकमका सम्बन्धमा लकडाउन भएको दिनदेखि लकडाउन अन्त्यको १५ दिनपछि लागु हुने गरी बिमा रकम लिने व्यवस्था कायम गराउने लगायत माग गरिएको छ । साथै तत्काल सवारी मर्मत गर्नुपर्ने भएको हुँदा कम्पनीमा जुन बैंक तथा सहकारीबाट ऋण लिएको छ, कम्तीमा ६ महिनापछि किस्ता सुरु हुने गरी २ देखि ५ लाखसम्म थप ऋणको व्यवस्था गर्नुपर्ने, स्वरोजगार मजदुर र मजदुरलाई खाने व्यवस्थाको लागि आवश्यक राहत व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
दीर्घकालीन रुपमा यस प्रदेशमा सार्वजनिक सवारीसाधनलाई कसरी यकिन गर्ने, प्रदेशभित्र सञ्चालित सार्वजनिक सवारीसाधन कस्ता र कति सञ्चालन गर्ने, सडक अनुसारको भाडादर कस्तो कायम गर्ने, पर्यटनको उद्गमथलो भएको हुँदा पर्यटनलाई सवारीसाधनमा कसरी विश्वास दिलाउने विषयमा पनि ध्यानाकर्षण गराइएको सदस्यसचिव अर्जुन पौडेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१