लमजुङ । लमजुङमा व्यावसायिक तर्बुजा खेती सुरु भएको छ । राइनास नगरपालिका ५ को तीनपिप्लेमा सूर्य प्रसाईंले तर्बुजाको व्यावसायिक खेती गरेका हुन् । पहिलो सिजनमै ६ लाख आम्दानी गरेको उनले बताए ।
इच्छशक्ति र मेहनत भए असम्भव केही हुन्न भन्ने उदारहण बनेका छन् सूर्य प्रसाईं । पूर्वझापा घर भएका प्रसाईं विगतको १४ वर्षदेखि लमजुङ बस्दै आएका छन् । सुरुका दिनमा ढुंगाको डिलर बनेर लमजुङ आएका प्रसाईंले कञ्चन कलात्मक उद्योगसमेत चलाएका थिए । अहिले त्यो कामसँगै व्यावसायिक तर्बुजा खेती पनि गरेका छन् । २५ रोपनी जग्गा भाडामा लिएर उनले उषा बंगुर तथा कृषि फर्ममार्फत तर्बुजा खेती गरेका हुन् । वार्षिक ३५ हजार रुपैयाँ भाडामा लिएर उनले त्यो खेती सुरु गरेको बताए ।
२०७५ सालमा दर्ता गरेको उक्त फर्ममा तर्बुजा खेतीका लागि उनले करिब १६ लाख लगानी गरेको बताउँछन् । उनका अनुसार फर्ममा ८ वटा बंगुर पनि छन् । तर्बुवा खेतीबाट वर्षको २ पटक आम्दानी गर्न सकिने उनको अनुभव छ । यसका लागि उनले ३ वर्ष अघि परीक्षण गरेर सफल भएको बताए । उनले भने, ‘यहाँको मौसम हेर्दा तर्बुजा खेती हुनुपर्छ भन्ने लाग्यो र ३ वर्षअघि केही बोट लगाएर हेरेँ । राम्रो फल्यो, त्यसपछि यसको व्यावसायिक खेती थालेको हुँ ।’ तर्बुजाकोे बिउ ताइवानबाट भारत हुँदै नेपाल आउने हुँदा महँगो पर्ने उनले सुनाए । बिउप्रति केजी डेढ लाख रुपैयाँ पर्छ उनले भने । बीउ उनले बाराको सिमराबाट खरिद गरेको बताउँछन् ।
पहिलो सिजनमा १७ हजार बिरुवा रोपेको हुँ । १२/१३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको थिएँ तर आधामात्रै भयो
‘यो वर्ष पहिलो सिजनमा आफूले नर्सरीमा ५० हजार बिरुवा तयार गरेको पहिलो सिजनमा १७ हजार बिरुवा रोपेको हुँ,’ प्रसाईंले भने । तर्बुजाको बजारका लागि कुनै समस्या नभएको बताउँदै एउटा फल २ केजीदेखि ४ केजीसम्म फलेको प्रसाईंले जानकारी दिए । ‘पसलेहरूले २० रुपैयाँ केजीमा माग्न थाले, त्यस कारणले गर्दा दिइनँ,’ प्रसाईले भने । यसपटक १२/१३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको थिएँ तर बन्दाबन्दीले गर्दा आधा जतिमात्र भएको उनको भनाइ थियो ।
तर्बुजा खेतीका लागि कतैबाट अनुदान वा सहयोग नपाएको उनी बताउँछन् । उनले भने, ‘मेरो फर्म नगरपालिकाको कार्यालयबाट ५ मिनेटको पैदल दूरीमा पर्छ । जिल्लाको कृषि ज्ञान केन्द्रलाई पनि मेरो बारेमा थाहा छ, मेरो उत्पादन उनीहरुले खाएका छन् तर सहयोग कसैले गरेका छैनन्,’ प्रसाईंले भने, ‘मैले त्यस्तो आशाले यो काम थालेको होइन, त्यस्तो आशा गरेको पनि छैन ।’
Related News
सम्बन्धित समाचार
‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१