असारे पन्ध्रम् अर्थात् धान दिवस । नेपाली किसानले कोरोना कहरकै बीचमा मंगलबार धान दिवस मनाएका छन् । कोभिड–१९ संक्रमणका कारण २ वर्षदेखि यो दिवस निकै खल्लो रूपमा बितिरहेको छ । खेतमा हिलो छ्यापाछ्याप गरी मनाइने यो दिवस अवसरमा यसपालि पनि सांकेतिकरुपमा मात्र सीमित भयो । निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्वतःफूर्त हिलो खेलेर छिटफुटरूपमा मनाए पनि सरकारीस्तरबाट कार्यक्रम हुन पाएन । सरकारले नै धानको महत्व जोगाउन, किसानलाई प्रेरित गर्न, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिनका लागि मात्र स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न निर्देश गरेको थियो । धान उत्पादनमा महत्व दिँदै पर्यटक प्रवद्र्धन गर्न पोखरामा विगत डेढ दशकदेखि हुँदै आएको रोपाइँ महोत्सव समेत हुन पाएन । अघिल्लो वर्षदेखि महोत्सव रोकिएको छ । यो महोत्सव पोखराका पर्यटनसम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्ले नेतृत्व गर्दै आएको थियो ।
भविष्यमा खाद्य तथा पोषण असुरक्षा हुन नदिन सरकारले धानबाली सुरक्षित गर्दै क्षेत्र बिस्तार र उत्पादन वृद्धिका कार्यक्रम अघि सारेको छ । जमिनको सुरक्षा, शुद्ध बिउँ, सिंचाइ कार्यक्रम, जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने सरकारी लक्ष्य रहेको जनाएको छ । एक तथ्यांक अनुसार नेपालमा खेतीयोग्य जमिनको ४७ प्रतिशतमा धान खेती हँुदै आएको छ । कुल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । गत वर्ष तुलनामा धान उत्पादनको क्षेत्रफल १ प्रतिशत र उत्पादनमा १.३ प्रतिशत वृद्धि भएको छ । देशभर १ करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । तर अझै पनि वार्षिक ४० अर्ब बढीको चामल आयात गर्नुपरेको छ । मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयात गर्नुपरेको हो । पर्यटकीय नगरी पोखराको चिनारी बोकेको जेठोबुढो धान हो । यो धान संरक्षणसँगै उत्पादनमा जोड दिन पोखरा महानगरपालिकाले कृषकलाई २ प्रोत्साहनसमेत गर्दै आएको छ । पोखरामा विशेषगरी धान, मकै, गहुँ, जौ, तेलबाली, दालबाजी प्रमुखरुपमा उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी ३९ हजार २ सय टन धान उत्पादन हुन्छ । धानबालीमा जेठाबुढो १५ हजार, स्थानीय ६७ सय, उन्नत १७ हजार टन उत्पादन हुने गरेको छ । तर बसाइसराइँको बढ्दो प्रभावले कृषियोग्य भूमि मासेर कंक्रिट सहरमा परिणत हुँदैछ । उचित आवास नीति नहुँदा यस्तो अनियन्त्रित हुन गएको हो । यसतर्फ सरोकारवालाको ध्यान गएको पाइँदैन ।
जन्मदेखि मर्दासम्म मानिसको लागि धानको प्रयोग हुने मुलुकमा अनुसन्धान गरी नयाँ हाइब्रिड धानको विकास जरुरी छ । जलवायु परिवर्तन भइरहेकाले त्यसको प्रभाव आधारमा जातको विकास गरी अर्गानिक उत्पादनलाई समेत प्रवद्र्धन गर्नुपर्ने अर्को महत्वपूर्ण विषय हो । यसका लागि किसानका खेतसम्म कृषिका नयाँ प्रविधिसँगै समयमै मल र बिउँ पु¥याउनु आवश्यक छ । नभए धान उत्पादन वृद्धि हुन सक्दैन । वर्षमा एकपटक मात्र धान दिवस सम्झिनु शिवाय केही हुँदैन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१