कोही पनि घरबारविहीन हुनु पर्दैन : अधिकारी

आदर्श समाज सम्वाददाता
असार १३, २०७८
khagraj adhikari

लेखनाथ । निवर्तमान गृहमन्त्री खगराज अधिकारीले प्राकृतिक विपद्का कारण कोही पनि नागरिक घरबारविहीन हुनु नपर्ने बताएका छन् । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० ले शनिवार आयोजना गरेको शववाहन सञ्चालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
आफू गृहमन्त्री भएपछि छोटो समयबीच पनि घरबारविहीन नागरिकका लागि पहाडमा ४ लाख, तराईमा ३ लाख प्रदान गर्ने कार्यविधि पास गरिएको बताए । उनले विपद् व्यवस्थापनमा सघाउ पुगोस भन्ने हेतुले प्रत्येक वडामा आवश्यक आधारभूत सामग्री व्यवस्था गर्नको लागि २५ हजार दिने व्यवस्था गरिएको पनि बताए ।
अधिकारीले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै नागरिक परोपकार संस्थाले शव वाहनको व्यवस्था गरेको बताउँदै अब एम्बुलेन्स, खाद्यबैंक लगायतको आवश्यकतातर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामराज अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवी तिवारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै