बागलुङ । हरेक वर्ष वर्षा सुरु भएसँगै झांगिन सुरु हुन्छ खोलाले बगाउला कि भन्ने चिन्ता । विद्यालय जाँदा बालबच्चा हुन् वा मेलापात जाँदा खोला तर्ने किसान, सकुशल गन्तव्यमा पुगे कि के गरे ? घरमा हुनेलाई पिरलो भइरहन्छ । यो चिन्ता दूर्गम गाउँपालिकाको नभएर जैमुनी नगरपालिकाभित्रकै हो ।
बागलुङको जैमुनी नगरपालिका वडा नम्बर १ कुश्मीशेरा टिमुरे खोला तर्न स्थानीयले ज्यानकै बाजी थाप्नुपर्ने बाध्यता छ । वर्षा याममा सधैं जोखिम मोलेर खोला वारपार गर्नु पर्ने बाध्यता झेलेका जनताले जनश्रमदानमा काठको मुढा तेस्र्याएर साँघु (अस्थायी पुल) बनाएका छन् ।
स्थानीयले नगरपालिका र वडामा समस्या नसुनाएका होइनन्, उनीहरुले स्थानीय तहमा पुगेर गुनासो सुनाए पनि त्यसबारे सुनुवाइ भएन । पुल नबनेपछि कुश्मीशेरावासीकै सक्रियतामा साँघु बनाइएको हो ।
जैमुनी १ कुश्मीशेरा टिमुरे खोला तर्न ज्यानकै बाजी लगाउनु पर्ने बाध्यता हटाउन स्थानीयले जंगलबाट रूख काटेर साँघु बनाएको स्थानीय कुलराज शर्माले बताए ।
टिमुरेमा पुल नहुँदा बाढी आएपछि तर्नै नसकिने र मान्छे मर्दा मृत्यु संस्कारका लागि घाटसम्म जानसमेत नसकिने समस्या स्थानीय डिल्ली शर्माले बताए । बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडा लगायतका स्थानीयले समेत प्रयोग गर्छन् ।
वर्षाको कारण गाउँ गाउँमा खनिएका सडकसमेत बाढी पहिरोले क्षति पुर्याएपछि स्थानीय जनतालाई पैदल हिँड्नसमेत सास्ती भोग्नुपरेको छ । स्थानीयले काठे साँघु बनाए पनि वर्षाको पानीले कुहिने, चिप्लो हुने र बालबालिका वारपार गर्दा हुने जोखिम भने कायमै छ । यतिमात्रै होइन, काठ कुहिने समस्या त छँदै छ ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१