खेलाडीलाई कोरोनाविरुद्ध खोपको पहल

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
sports logo

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडीको लागि कोरोनाविरुद्ध खोप व्यवस्थाको लागि पहल सुरु गरेको छ । प्रदेशको नेतृत्व गर्दै आठौं राष्ट्रिय खेकलुद प्रतियोगितामा र १३ औं सागका पदक विजेता खेलाडीलाई कोभिड–१९ विरुद्धको खोपका लागि पहल सुरु गरेको हो ।

परिषद्को बुधबार सम्पन्न बैठकले युवा तथा खेलकुद मन्त्रालयमार्फत खोपको पहल सुरु गर्ने निर्णय गरेको परिषद् सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिए । कोरोनाको दोस्रो लहरको महामारीका कारण खेलकुद क्षेत्र ठप्प रहेकोले खेल क्षेत्र चलायमान गराउन खोप अनिवार्य भएको सदस्यसचिव गुरुङले बताए ।

बैठकले गण्डकी प्रदेशमा विभिन्न पर्यटन तथा साहसिक खेलकुदको अध्ययन तथा परामर्शका लागि वसन्तराज दवाडीको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको छ । जसको सदस्यमा परिषद् सदस्य केशव पाठक र गिरमान गुरुङ छन् । साथै असार दोस्रो साताबाट प्रदेशमा विभिन्न खेलका प्रशिक्षक उत्पादन गर्न अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै