राष्ट्रपतिलाई गाली नगर : अनेमसंघ

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
anem sngh bigyapti 2078 jeth 16

पोखरा  । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अर्मादित टीकाटिप्पणीप्रति विरोध जनाउँदै अखिल नेपाल महिला संघ कास्कीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

अनेमसंघ कास्की इन्चार्ज मञ्जुदेवी गुरुङ, जिल्ला संयोजक सुशीला पराजुली, सदस्यद्वय राधिका शाही योगी र सन्तु सुवेदी सहितको टोलीले सहायक प्रजिअ कृष्णप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

संविधानमा संरक्षक हैसियतले राष्ट्रपतिबाट संविधानप्रदत्त दायित्व निर्वाह गर्दाका विषयमाथि प्रश्न उठाउँदै गरिएका अमर्यादित टिप्पणी खेदजनक रहेको बताउँदै त्यस्तो गतिविधि तत्काल रोक्न र अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width