पोखरा । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या बढिरहेको छ । आइतबार ५ सय ४० संक्रमित हुँदा ८ सय ५९ जना निको भएका छन् । शनिबार ७ सय ७७ निको हुँदा ६ सय ४७ जना संक्रमित भएका थिए ।
पछिल्ला ३ दिनको ग्राफमा निको हुने संख्या दिनानुदिन बढेको हो । शुक्रबार ७ सय ७० जनाको परीक्षण रिपोर्ट नगेटिभ आएको थियो । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ३० हजार २ सय ३२ पुगेको छ ।
नेपालभर थप ६ हजार २ सय ५ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या ४ हजार ४० हजार ९ सय ५५ पुगेको छ । देशभर निको हुनेको दर ७९.२ प्रतिशत छ ।
यसैबीच, गण्डकीमा आइतबार ५ सय ४० संक्रमित भए । स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी बागलुङमा १ सय १५ र कम स्याङ्जामा ७ मा कोरोना पुष्टि भएको हो । कास्कीमा सधैं संक्रमितको संख्या उच्च रहने गरेकोमा आइतबार भने ७४ मा मात्र कोरोना देखियो ।
गोरखामा १ सय ४, लमजुङ ८९, नवलपु ८५, पर्वत ३४, तनहुँ १७ र म्याग्दीमा १५ नयाँ संक्रमित थपिएका हुन् । यो सँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या १० हजार ७ सय ८९ जना पुगेको छ ।
आइतबार नेपालभर ४ हजार ३ सय ६९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ९ सय ८६ को पिसिआर परीक्षणमा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ को एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी कुल ४ हजार ३ सय ६९ संक्रमित भएका हुन् ।
थप १६ को मृत्यु
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा थप १६ जनाको मृत्यु भएको छ । तीमध्ये कास्कीका ८, तनहुँका ४, बागलुङ, लमजुङ, पर्वत र मुस्ताङका १÷१ जना छन् ।
कास्कीको अन्नपूर्ण ८ की ५९ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको छ । पोखरका ६ की ६० वर्षीया महिलाको मेडिप्लस अस्पतालमा, पोखरा ३१ की ७१ वर्षीय महिलाको संक्रामक तथा सरूवा रोग अस्पतालमा, पोखरा २९ की ७१ वर्षीया महिलाको फिस्टेल अस्पतालमा निधन भएको छ ।
यस्तै, पोखरा १० का ९५ वर्षीय पुरूषको होम आइसोलेसनमा मृत्यु भएको छ । पोखरा १३ का ७५ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा, पोखरा ११ का ८७ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा, पोखरा १७ का ६४ वर्षीय पुरूषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उता, तनहुँको आँबुखैरेनी २ की ४३ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा, भिमाद ९ का ४८ वर्षीय कोरोना संक्रमित पुरूषको चरक मेमोरियल अस्पतालमा, शुक्लागण्डकी ७ का ५६ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, व्यास २ का ४६ वर्षीय कोरोना संक्रमित पुरूषको फेवासिटी अस्पतालमा मृत्यु भएको छ ।
पर्वतको मोदी ७ का ७१ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा, मुस्ताङको वाराङगुङ १ की ४१ वर्षीया महिलाको होम आइसोलेसनमा निधन छ । बागलुङको गल्कोट ३ का ३८ वर्षीय पुरूषको चरक मेमोरियल अस्पतालमा ज्यान जाँदा लमजुङको वेंसिसहर ४ का ७३ वर्षीय कोरोना संक्रमित पुरूषको मणिपाल शिक्षण अस्पताल मृत्यु भएको हो ।
योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ६१ पुगेको छ । नेपालभर आइतबार १ सय ९ जनाको मृत्यु भयो ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१